MENU

अधुँरै रह्यो भारतको चन्द्रमा पुग्ने सपना, माेदीले हेर्न पाएनन् चन्द्रयान-२ अवतरणकाे दृष्य

चन्द्रमाको दक्षिणी ध्रुबमा पु-याउने भनेर भारतले पठाएको चन्द्रयान–२ सम्पर्क विहीन भएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रको सतह पुग्न करीब दुई किलोमिटर बाँकी रहँदा चन्द्रयान–२ सम्पर्कविहीन भएको जनाएको छ ।

 

 

चन्द्रयान–२ को विक्रम ल्याण्डर शुक्रबार राति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अतवरण हुने अनुमान गरिएको थियो । तर, अवतरण नभई सम्पर्क टुट्न पुगेको छ ।

 

 

चन्द्रयान–२ अवतरण गरेको दृश्यलाई हेर्न प्रधानमन्त्री नरेन्द्र मोदी इसरो प्रधान कार्यालय बंगलुरुमा थिए । उनीसँगै ६० जना मेधावी विद्यार्थीहरूले पनि अवलोकन गर्ने बताइएको थियाे ।