MENU

अन्तराष्ट्रिय नेपाली एकता समाजद्धारा भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय अन्तराष्ट्रियकरण गर्न माग

अन्तराष्ट्रिय नेपाली एकता समाजले, नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विषय अन्तराष्ट्रियकरण गर्न माग गरेको छ ।

समाजको केन्द्रिय समितिले सीमा अतिक्रमणबारे सरकारले पहलकदमी नलिँदा भारतले एकपछि अर्को गर्दै नेपाली भूभाग मिचेको ठहर गरेको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको प्रति भत्र्सना गर्दै समाजले यो विषयलाई अन्तराष्ट्रियकरण गर्नु पर्नेमा जोड दिएको छ ।

नेपाली भूमि मिचेर निर्माण गरेको कैलास मानसरोवर वाइपास सडकको भारतका रक्षामन्त्रीले उद्घाटन गरेपछि नेपाल लगायत विश्वभर रहेका नेपालीले चर्को विरोध गर्दै आएका छन् ।