MENU

अप्ठ्यारोमा परेका नेपालीको चाडै उद्दार गर्न एनआएएनएको आग्रह

क्याबेरा, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले, विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।

बैदेशिक रोजगारमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको ६ अर्व भन्दा बढी रकम नेपालीको उद्धारमा प्रयोग गर्नेपर्ने एनआरएनएको माग छ ।

सङ्घका अमेरिकी क्षेत्र संयोजक राजन त्रिपाठी, युरोप क्षेत्र संयोजक नारायण आचार्य, मध्यपूर्व क्षेत्र संयोजक प्रवीण गुरुङ र अफ्रिका क्षेत्र संयोजक रोशन थापाले संयुक्त विज्ञप्ति जारीगर्दै हवाई शुल्क तिर्न सक्ने र नसक्ने सबैलाई सँगसँगै उद्धार गर्न आग्रह गरेका हुन् ।

वैदेशिक रोजगारी कल्याणकारी कोषमा भएको रकमसमेत प्रयोग गरी बेखर्ची र अप्ठ्यारोमा परेकालाई नेपाल लैजान विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

विज्ञप्तिमा यस्तो पीडाको अवस्थामा पनि कतिपय ट्राभल कम्पनीहरु कमाउने धन्दामा लागेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।