MENU

सिड्नीमा कमेडी च्याम्पियन

अस्ट्रेलियाको सिड्नी स्थित लिडकम वाईट पार्कमा यहि अप्रिल ११ शनिबारका दिन कमेडी  च्यम्पियन शाे हुने भएकाे छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुदै आएको कमेडी  च्यम्पियन शाे का उत्कृष्ट तीन विजेता सहित नेपालका चर्चित कमेडियन तथा उक्त कार्यक्रमका जज मनोज गजुरेल सहितको हास्यव्यङ्ग्य प्रस्तुति लिडकम वाईट पार्कमा हेर्न सकिन्छ । कार्यक्रम  ह्यप्पि ईन्टर्टेन्मेन्ट्ले  आयोजना गर्न लागेकाे हाे ।

नयाँ वर्षको अवसर पारेर कमेडी च्याम्पियनले विश्व भ्रमणको कार्यक्रम राखेको छ । त्यही सिलसिलामा उनीहरु सिड्नी आउन लागेको सिड्नीमा पत्रकार सम्मेलन गरेर जानकारी गराइयो ।

कार्यक्रममा हास्यव्यङ्ग्य प्रस्तुतिको साथै  बाल नृत्य, स्थानिय कमेडियनको प्रस्तुति, गायन साथै साँझ लाईभ ब्याडको प्रस्तुति रहने पत्रकार सम्मेलनमा वल्ड टुर म्यानेजर सन्तोष आचार्य जानकारी दिए ।

यो कार्यक्रमबाट हुने आम्दानिको केहि हिस्सा महाबिर पुनको रास्ट्रीय आबिष्कार केन्द्रलाई सहयोग गर्ने कुरा आयोजकले बताए । कार्यक्रममा अस्ट्रेलियाका नेपालि अगुवा तथा भिजिट नेपाल २०२० ओसियान संयाेजक  दिनेश पोख्रेल, एन आर एन ए अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ्ग, महासचिब ज्ञनेन्द्र रेग्मी, पत्रकार हन्त काफ्ले, अबर्न नेपालीज कमिटिका अध्यक्ष अशोक उप्रेति, पारामाटा नेपालीज कमिटिका अध्यक्ष कृष्ण भट्ट लगायतले कार्यक्रमलाई आफ्नो ठाउबाट पुर्ण सहयोग गर्ने भन्दै कार्यक्रम सफलताको लगि शुभकामना समेत दिएका थिए ।

यस कार्यक्रमको मुख्य प्रायोजक सिड्निमा स्थापित रेष्ट रियल स्टेट रहेको छ  ।