MENU

अफ्रिकामा एनआरएनद्धारा कोरना विपद्ध राहत र उद्दार कोषको स्थापना द्धारा

नैरोवी,केन्या अफ्रिकामा एनआरएनद्धारा कोरना विपद्ध राहत र उद्दार कोषको स्थापना द्धारा अफ्रिकामा रहेका नेपालीहरुलाई कोरोना महामारीबाट आइपर्ने सम्भावीत बिपदमा राहत र उद्दार गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अफ्रिका स्थित राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुद्वारा गठित अफ्रिका राहात कोषको अनलाइन बैठक सम्पन्न भएको छ।

नाइजेरिया, घाना, आइभोरी कोस्ट, रुवान्डा, युगान्डा, केन्या, तान्जानिया, जाम्बिया र बोत्स्वानाका एनआरएनए अध्यक्ष र पदाधिकारीहरुले सहभागिता जनाएको बैठकले कोषको संचालक समिती एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापाको संयोजकत्वमा सर्वसम्मतिले गठन गरेको छ।

समितिमा रोशन थापा र बिदुर खनाल सहसयोजक, रमेश कंडेल सचिव र कुल कार्की कोषाध्यक्ष र अफ्रिका स्थित सबै एनसीसीका अध्यक्ष र एनसीसी नभएका देशका बरिस्ठ अभियन्ता सदस्य रहनेछन।

समितिले हालसम्म अमेरिकी डलर ११,६०० सहयोगको प्रतिबद्धता पाई सकेको छ भने यसलाई बीस हजार डलर पुर्याउने लक्ष्य लिएको छ।

समितिले राहत सहयोगको निर्देशिका तयार गर्ने र सम्भावित संकटमा थप सहयोग र उद्दार आबश्यक पर्दा नेपाल सरकार, अफ्रिका स्थित दूतावास, मानार्थ महाबाणिज्य दुतहरु र एनआरएनए आइसीसी सङ्ग समन्वय गर्नेछ।