MENU

अब एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइने

कोरोनाका कारण रोकिएको फुटबल सुरु हुने बित्तिकै क्लबले एउटै खेलमा ५ खेलाडी परिवर्तन गर्न पाउने भएका हुन् ।

खेलको नियम नियन्त्रण गर्ने निकाय अन्तराष्ट्रिय फुटबल एसोसिएसन बोर्ड आईएफएबीले डिसेम्बर २०२० सम्मका खेलमा यो नियम लगाउन सकिने जनाएको छ ।

फिफाका प्रवक्ताका अनुसार खेलाडीको स्वास्थ्य ध्यानमा राख्दै यो कदम चालिएको हो ।

हाल हरेक टोलीले एक खेलमा तीन खेलाडी परिवर्तन गर्न पाउँछन् भने अतिरिक्त समयमा खेल धकेलिए चौथो खेलाडी परिवर्तन गर्न पाइन्छ ।

फिफाले लज अफ द गेममा रहेको तेस्रो नियम अर्थात् खेलाडी परिवर्तनमा केहि समयका लागि टोलीले ५ खेलाडी परिवर्तन गर्न पाउने र अतिरिक्त समयमा लम्बिएको खेलमा छैटौं खेलाडी परिवर्तन गर्न पाउने प्रस्ताव पेस गरेको थियो ।

Nepal’s national football team pose for a portrait prior to their game against Chinese Taipei on Tuesday, September 10, 2019. Courtesy: Suman Chapagain
Nepal’s national football team pose for a portrait prior to their game against Chinese Taipei on Tuesday, September 10, 2019. Courtesy: Suman Chapagain

आईएफएबीले प्रतियोगिता आयोजकले चाहेमा यो नियम लगाउन पाउने जनाएको छ । यद्यपि लिग आयोजकले ३ खेलाडी नै सिमित राख्न चाहे पनि त्यसलाई निरन्तरता दिन पाउनेछन् ।