MENU

अब एटीएमबाट एक दिनमा ६० हजार मात्रै निकाल्न मिल्ने

एक दिनमा एटीएम मेसिनबाट १ लाख निकाल्ने मिल्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले ६० हजारमा झारेको छ।

 

ह्याकरले बैंकको सिस्टममै पसेर एटिएमबाट करोडौं रकम चोर्न सफल भएपछि राष्ट्र बैंकले यस्तो निर्णय लिएको हो।

 

नेपाल राष्ट्र बैंकले अध्ययन गर्न गठन गरको टोलीले समेत एटीएमबाट निकाल्न मिल्ने रकम घटाउन सुझाव दिएको थियो। नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रद्वारा हस्ताक्षरित पत्र अनुसार अब एटीएमबाट एक पटकमा अधिकतम २० हजार रुपैयाँ र एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न सकिने छ।

 

 

यस भन्दा पहिले एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न पाइन्थ्यो।