MENU

अभिनेता भुवन केसीद्धारा, अभिनेत्री साम्राज्ञी विरुद्ध मुद्धा दायर

काठमाडौं, नेपाल ।

चलचित्र अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका छन् ।

केसीले साम्राज्ञीविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

साम्राज्ञीले, लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै केसीले कलाकार संघमा पनि उजुरी दिएका थिए ।

साम्राज्ञीले, सामाजिक संजाल मार्फत विभिन्न तीनवटा फिल्ममा काम गर्दा ती फिल्मसँग सम्बन्धित व्यक्तिले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

गत असार १२ गते सामाग्रीले, सार्वजनिक रुपमै केसीले आफूलाई दुव्र्यवहार गरेको दावी गरेपछि विवाद सुरु भएको थियो ।