MENU

अमेरिकाको न्यूयोर्कमा कोरोनाबाट एकै दिन चार नेपालीको मृत्यु

अमेरिकाको न्युयोर्कमा रहेका चार जना नेपालीको कोरोनाका कारण निधन भएको छ ।

शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहनुभएको छ । सबै न्युयोर्कमा बस्दै आउनुभएको थियो ।

निधन हुनुभएका को परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने बताइएको छ ।

यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।