MENU

अमेरिकी डिभी चिट्ठाको नतिजा सार्वजनिक हुदै

अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डिभी चिट्ठाको नतिजा आज राति प्रकाशन गरिने भएको छ ।

नेपालस्थित अमेरिकी दुताबासले, नेपाली समय अनुसार शनिबार राति पौने १० बजे नतिजा प्रकाशन हुने जानकारी दिएको हो।

कन्फर्मेसन नम्बर प्रयोग गरी www.dvlottery.state.gov  मा नतिजा हेर्न सकिने समेत दूतावासले जानकारी दिएको छ।

यसपाली कन्फर्मेसन  नम्बर बिर्सिएपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ।