MENU

अमेरिकी राष्ट्रपति भवन बाहिर गोली चल्यो

एजेन्सी । मंगलबार ह्वाइट हाउस बाहिर गोली चलेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षाकर्मीको सहयोगमा एउटा पत्रकार सम्मेलन हलबाट अचानक बाहिरिए । तर पुन पत्रकार सम्मेलन हलमा फर्किर गाेली चलेको निश्चित गरेका थिए ।

“ह्वाइट हाउस बाहिर चोली चलेको थियो र अवस्था नियन्त्रणमा रहेको छ । म सेक्रेट सर्भिस लाई छिटो र अत्यन्त प्रभावकारी तरिकाले काम गरेकोमा धन्यवाद दिन चाहन्छु,” पत्रकार सम्मेलनमा फर्किपछि ट्रम्पले भने ।

राष्ट्रपति ट्रम्पले आफूलाई १७ औ स्ट्रीट नर्थवेस्ट र कुनै पेन्सिलभेनिया एभेन्यू नर्थवेस्टमा अमेरिकी सेक्रेट सर्भिसका अधिकारीहरुले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानिएको जानकारी गराएको बताए ।

सेक्रेट सर्भिसले आफ्नो ट्वीटमार्फत घटनाका छानविन भईरहेको तथा ह्वाइट हाउस भवनमा कुनै क्षति नपुगेको समेत स्पष्ट पारेको छ । ट्वीटमा एक व्यक्ति तथा सेक्रेट सर्भिसका एक अधिकारीलाई अस्पतालमा पुर्याइएको समेत जनाइएको छ ।

तर ट्रम्पले उक्त घटना आफूप्रति लक्षित रहेको वा नरहेको भने जानकारी नभएको बताए ।
सिक्रेट सर्भिसले आफ्ना एक अधिकारी उक्त घटनामा सामेल भएको र सुरक्षाकर्मी घटनास्थालमा रहेको जनाएको छ ।