MENU

सिड्नी उड्यो नेपाल वायुसेवा निगमको जहाज

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले वाइडवडी जहाज अष्ट्रेलियाको सिड्नीका लागि उडेको छ ।

बुधबार सवा एक बजे उडेको नेपाल एयरलाइन्सको वाइडबडी ए३३० जहाजमा अष्ट्रेलिया र न्यूजिल्याण्ड २ सय ८१ जना यात्रु रहेको नेपालस्थित अष्ट्रेलियन दूतावासले उल्लेख गरेको छ ।

चार्टर्ड उडान मार्फत सिड्नी आएको सो विमान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कँदा सिधै काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

काठमाडौं–सिड्नी साढे १२ घण्टाको उडान हुनेछ।

अष्ट्रेलियाबाट भने विमान रित्तै फर्कनेछ। लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडान हुने जनाइएको छ। निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडन गरेको थियो।