MENU

अस्ट्रेलियाको ग्रामिण क्षेत्रमा क्यान्सर उपचार प्रविधिका लागि नेपाली डाक्टरलाई सफलता

Director of Medical Physics Dr Dilli Banjade

अरेन्ज, न्यु साउथ वेल्स । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको पश्चिम क्षेत्रका ग्रामिण ईलाकाहरुमा क्यान्सर रोगको उपचारका लागि नविनतम प्रविधि बिकास गर्न नेपाली डाक्टलाई सफलता मिलेको छ ।

वेस्टर्न न्यु साउथ वेल्स हेल्थ डिस्ट्रिक अन्तर्गत अरेन्ज अस्पतालमा कार्यरत डा डिल्ली बन्जाडेलाई रिजनल न्यु साउथ वेल्समा क्यान्सर उपचारका लागि एड्भान्स प्रविधि बिकास र कार्यान्वयमा सफलता मिलेको हो ।

न्यु साउथ वेल्स राज्यको सबैभन्दा ठूलो भुगोल क्षेत्र ओगटेको यो ईलाका स्वास्थ्य कार्यालय क्षेत्र भित्र अत्याधुनीक क्यान्सर उपचार सेवा पर्याप्त नभएकोले बिरामीहरु उपचारको लागि सिड्नी वा अन्य राज्यको शहरी क्षेत्रमा जानु पर्ने अवस्था थियो ।

डा बन्जाडे भन्छन्, “क्यान्सर उपचारको लागि उपयोगि  अत्याधुनीक  रेडियो  थेराफि प्रविधि  अब अरेन्ज अस्पतालमा उपलब्ध भएको छ ।” सेन्टर वेस्ट क्यान्सर केयर मेडिकल फिजिस्क डिपार्टमेन्टका  निमित्त निर्देशक समेत रहेका डा बन्जाडे भन्छन्, “सुदुर दुर्गम ब्रोकनहिल्स देखिका बिरामीहरु अब उपचार गर्न सिड्नी जानु पर्दैन रिजनल क्षेत्रमा नै यो सेवा उपलब्ध भएको छ ।”

डा बन्जाडेको नेतृत्वमा केही समय अघिदेखि रिजनल क्षेत्रमा उन्नत क्यान्सर उपचार प्रविधि शुरु गर्ने बारे अस्ट्रेलियन जर्नल अफ रूरल हेल्थमा गहन रिर्पोट प्रकासन भएको थियो । प्रविधिको रिजनल क्षेत्रमा अवश्यकक्ता बारे सिड्नी विश्वविद्यालय र पिटर म्याकलुम क्यान्सर सेन्टरको सहकार्यमा यो कार्य सफल भएको डा बन्जाडेले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

नेपालको अर्घाखाँची नरपानीमा जन्मिएका डा बन्जाडे रिजनल न्यु साउथ वेल्सको स्वास्थ्य सेवा निकायमा लामो समयदेखि कार्यरत छन् ।