MENU

अस्ट्रेलियन नोटको कथा

Rishi Acharya
Editor at Nepalese Australian

सन् १९८८ मा प्लास्टिकले बनेको पोलिमर नोटको अविस्कार गरेर बिश्वमा नै अस्ट्रेलियाले चर्चा कमायो । सन् १९९६ सम्ममा अस्ट्रेलियाले कागजी नोटलाई पूर्ण रुपमा खारेज गरेर पोलिमर प्रचलनमा ल्याएको थियो ।

ब्रिटिसहरुको पहिलो आगमन अस्ट्रेलियामा १७८८ मा भएपनि त्यसको झण्डै २५ बर्ष पछि १८१३ मा सिक्काको पहिलो पटक प्रयोग अस्ट्रेलियामा भएको थियो । यसको एक सय बर्ष पछि सन् १९१३ मा अस्ट्रेलियाले सिक्काको बैकल्पिक मुद्रको रुपमा पहिलो पटक नोट प्रचलमा ल्याएको हो ।

सन् १९८८ मा प्लास्टिकले बनेको पोलिमर नोटको अविस्कार गरेर बिश्वमा नै अस्ट्रेलियाले चर्चा कमायो । सन् १९९६ सम्ममा अस्ट्रेलियाले कागजी नोटलाई पूर्ण रुपमा खारेज गरेर पोलिमर प्रचलनमा ल्याएको थियो । अहिले अस्ट्रेलियाम पाँच, दश, बिस, पचास र सय गरेर पाँचवटा नोटहरु प्रचलनमा छन् ।

पाँच डलरको नोट

पाँच डलरको नोटमा एकातर्फ बेलायतकी महारानी एलिजाबेथ द्धितृय र अर्को तर्फ राजधानी क्याबेरामा रहेको पुरनो र नयाँ संघिय संसद भवनको तस्विर रहेको छ ।

साथै नोटमा अस्ट्रेलियाको रैथाने बनस्पती इक्युलिप्टको हाँगो पनि देख्न सकिन्छ । पाँच डलको नोटमा मात्र दुबैतर्फ ब्यक्तिको तस्विर छैन । सन् २०१६ देखि पाँच डलरको नोटमा थप सुरक्षका सुचकहरु थपिएको छ ।

दश डलरको नोट

दश डलरको नोटको दुबैतिर अस्ट्रलियाका ख्यातिप्राप्त कवीहरु ब्यन्जो पिटर्सन र डामे मेरी गिलमोरको तस्विर रहेको छ । अस्ट्रेलियन सहित्यको भण्डारमा यी दुई कवीहरुले गरेको योगदान झल्कने चित्रकला नोटको दुबै पट्टी देख्न सकिन्छ ।
कवी ब्यन्जो पिटर्सन पेशाले लेखक र वकिल थिए । “वल्सिङ मटिल्डा” र “म्यान फर्म स्नोवई रिभर” जस्ता कृतीका रचयिता पिटर्सनलाई अस्ट्रेलियनहरु साहित्यिक धरोहरको रुपमा सम्मान गर्छन् ।

   

डामे मेरी गिलमोर पेशाले लेखक तथा सामाजिक अभियान्ता थिइन । महिलालाई मदतानको अधिकार, आदिवासी अस्ट्रेलिनहरुको गणस्तरिय उपचार, पूर्व सैनीक, बृद्ध र अपाङ्गहरुको सामजिक सुरक्षा जस्ता बिषयमा उनले कलम चलाइन । “नो फो स्याल ग्यादर आवर हार्भेस्ट” कविता अस्ट्रेलियन साहित्यमा निकै लोकप्रिय छ ।

बिस डलरको नोट

बिस डलरको नोटमा परोपकार कर्मका कारण प्रसिद्ध अस्ट्रेलियाका दुई परोपकरीहरु मेरी रेबेया र रिभरेन्ड जोन फ्लायनको तस्विर रहेको छ । पनीजहाज कम्पनिकी मालिक मेरीले आफ्नो सम्पती चर्च र शिक्षा क्षेत्रमा खर्च गरेकी थिइन । नोटमा मेरीको तस्विर सँगै उनको जहाज र सिड्नीको टाउनहल जर्ज स्ट्रिटमा रहेको घरको पनि तस्विर हरेको छ ।

   

“रोयल फ्लाईङ डक्टर सर्भिस” भनेर अहिले चिनिने परोपकारी संस्थाको स्थापना रिभरेन्ड जोन फ्लायनले गरेका थिए । अस्ट्रेलियाको समुन्द्र तटिय क्षेत्रमा सहरीकरण र स्वास्थ्य उपचार सेवा भए पनि ग्रामिण र दुर्गम रिजनाल क्षेत्रहरमा सहज आकस्मिक स्वास्थ्य सेवाको लागि यो सेवा सुरु गरिएको थियो । बिस डलरको नोटमा फ्लायन र हवाइ जहाजको तस्विर देख्न सकिन्छ ।

पचास डलरको नोट

पचास डलरको नोटमा दुइ फरक विधाका प्रसिद्ध अस्ट्रेलियनहरुको तस्विर रहेको छ । डेभिड अनाइपन आदिवासी समुदायका आविस्कार कर्ता र लेखक हुन् । उनले ग्रामिण अस्ट्रेलियन जीवनमा उपयोगि हुने धेरै औजारहरु बनाएका थिए । ती मध्ये सुधारीएको भेडाको रौ खुर्कने औजारका कारण डेभिडको चर्चा अस्ट्रेलियाभरी भएको थियो । आदिवासी समुदायमा पहिले पत्रिका “नेटिभ लेजेन्ड” पनि उनले प्रकासन गरेका थिए ।

   

एडिथ कोवान सामाजिक कार्यकर्ता, महिला अधिकारकर्मी र पहिलो महिला सांसद हुन् । महिला, आप्रवासी र बालबालिकाको अधिकार र सेवाको पक्षमा उनले वकालत गरेकी थिइन । उनकै पहलमा महिला र बालबालिकाको लागि थप सेवा शुरु भएको थियो भने बाल इजालस पनि शुरु भएको थियो । उनी पश्चिम अस्ट्रेलियाको संसदमा निर्वाचित भएकि थिइन । उनी अस्ट्रेलियाको पहिलाे संसद हुन् ।

एक सय डलरको नोट

एक सय डलरको नोटमा शास्त्रिय संगीत गायिका डामे नेली मेलबा र सैनीक जनरल सर जोन मोनाशको तस्विर रहेको छ । डामे नेली मेलबा अस्ट्रेलियाको पहिलो ब्यवसायिक अकेस्ट्रा गायिका हुन् । मेलवर्नमा जन्मिएकी मेलबाले युरोपको ब्रसेल्समा ब्यवसयिक गायन गरेकी थिइन । उनको ओपेरा विश्व प्रसिद्ध छन् ।

   

सर जोन मोनाश सैनिक जनरल, प्रशासक र इन्जिनियर थिए । उनले पहिलो विश्वयुद्धमा ग्यालीपोली, हिन्डेनबर्ग लगाएतका धेरै स्थानमा लडेका थिए । सैन्य सेवाबाट अबकास भएपछि मोनाशले धेरै प्रसासनिका पदमा बसेर काम गरेका थिए । भिक्टोरियामा सडक पूर्वाधार बनाउन उनको योगदान रहेको छ । जसकाे एक उदाहरण “ग्रेट ओसन रोड” पनि हो ।