MENU

अस्ट्रेलियाकि मन्त्री भन्छिन्र – नेपालले तपाइलाई पर्खेको छ

एडीलेड   / दक्षिण अस्ट्रेलियाको संसद कि सदस्य जिंग लीको एक टोलि आफ्नो एक हप्ते नेपाल भ्रमणको समापन गर्दै तिन बर्ष अघि  अस्ट्रेलिया फर्केको थियो  . सन् २०१६ को अक्टुबर २२ सनिवारको बिहान दक्षिन् अस्ट्रेलियाको राजधानी एडीलाइडबाट आफ्नो एघार  जनाको टोलि सहित उडेकी संसद सदस्य जिंग लीको भ्रमण टोलि २३ तारिख आइतबार मध्यान्न काठमाडौँ पुगेको थियो . उनको भ्रमणलाइ सफल बनाउन र नेपालमा न्यानो स्वागत गर्न दक्षिन् अस्ट्रेलियाका लागि नेपालका महाबाणिज्यदुत दिपक धमला अघिल्लै दिन काठमाडौँ आइपुगेका थिए .  दक्षिन् अस्ट्रेलियाको एक प्रतिष्ठित सस्थाले शान्ति दुत घोषणा गरेका नेपालि युवा नबिन पन्त ट्रान्जिटको समय घटाएर केहि घण्टा अघि मात्रै नेपाल आइपुगेका थिए . उनि गैर आवाशिय नेपालि संघ दक्षिन् अस्ट्रेलिया राज्यका संयोजक पनि हुन् . काठमाडौँ विमानस्थलमा न्यानो स्वागत पाएको यो टोलि धेरै उत्सुकता , जिज्ञाशा र प्यार पुर्बक काठमाडौँ  भित्रिएको  थियो . 

त्यो बेला करिब दुइ महिनाको  आन्तरिक तयारि र प्रचार प्रसार भएको यो टोलिको भ्रमण अर्ध औपचारिक खालको थियो . राज्य संसद कि सदस्य त्यो पनि दक्षिन् अस्ट्रेलियामा प्रतिपक्षि लिबरल पार्टी कि भएकाले उनले नेपामा धेरै सरकारी स्तरमा दुइपक्षिय राज्य स्तरीय छलफल गर्न सम्भव थिएन तर उनि जनप्रतिनिधि भएकाले जनस्तरको  सम्बन्धलाइ बलियो बनाउन भने सफल रहिन . हाल भने उनको दलले दक्षिन् अस्ट्रेलिया मा सरकार बनाएको छ र उनि प्रिमीयर को कार्यालय समबन्धि मन्त्रि छिन . नेपालबाट फर्केपछी यहाको राज्य संसदमा आफ्नो भ्रमणबारे उनले बिस्तृत मन्तब्य दियिन,  जसमा नेपाल अब सामान्य स्थितिमा रहेको , बिकासको मार्ग तर्फ लम्केको , सम्पूर्ण रुपमा सुरक्षित् रहेको र नेपालीहरु निकै मायालु रहेको बिचार सुनाइन . उनको त्यो  मन्तब्य बाट दक्षिन् अस्ट्रेलियाई समाजमा नेपालका बारेमा निकै सकारात्मक धारणा बनेको छ  भने यहाँ भएका नेपालिमा गौरव पैदा भएको छ .

नेपालको एकहप्ताको भ्रमणमा उनले काठमाडौँमा तत्कालीन प्रधान मन्त्रि पुष्पकमल दाहाल , पर्यटन मन्त्रि जीवन बहादुर शाही , बाणिज्य मन्त्रि रोमी गौचन थकाली , न्यायाधिश सपना मल्ल प्रधान , पूर्व माओबादी नेतृहरु कल्पना धमला र हिसिला यमी , पर्यटन बोर्डका कार्यकारि प्रमुख दिपक राज जोशी  लगाएत संग भेट गरिन . उनले चितवन तथा पोखरा जादा नेपालको ग्रामिण परिवेश बुझ्न सडक मार्ग समातिन , पोखराबाट काठमाडौँ आउदा चाहि हवाई मार्ग प्रयोग गरिन . काठमाडौँ चितवन खण्डमा जादा उनले बाटोमा सर्बसाधारण जनतासंग पनि कुराकानी गरिन र  अस्ट्रेलियाको माया साट्ने प्रयास गरिन . उनि संगै यात्रामा रहेका उनका श्रीमान येड्डी  लिउ पनि यो भ्रमणलाइ आफ्नो जीवनको सबै भन्दा अबिस्मरनिय र निकै रमाइलो यात्रा भन्दै नेपाल भ्रमणको महिमा गाउदै थिए . संसद झिंग लीले अस्ट्रेलिया आइपुगेको दुइ हप्ता बितिसक्दा पनि र यहाको बहुसास्कृतिक समाजका थुप्रै कार्यक्रममा भाग लिएर दर्जनौ तस्बिरहरु आफ्नो निजि फेसबुक पेज मा राखी सक्दा पनि नेपाल भ्रमणको फोटो आफ्नो कभर फोटो र प्रोफाइल फोटोबाट हटाएकी थियिनन  . उनको भ्रमण दलका अधिकांश सदस्यको प्रोफाइल वा कभर फोटो नेपालकै थियो  . यसबाट उनीहरुका हजारौ फेस बुक मित्रहरु लोभिएका छन् र उनीहरुले अर्को बर्षको नेपालि बसन्त हृतु अगावै नेपाल पुग्ने योजना बुन्ने छन् . उनको नेपालि ढाका टोपी सहितको पहिरन , हाती सयेर , जंगल सफारी , पोखराबाट हिम्श्रीन्खला अबलोकन , नेपालि  सस्कृति र  खानपानको लोभ्यौदो ब्याख्या सुन्ने जो कोहि नेपाल भ्रमण गर्न आतुर हुन्छ . 

उनले गत बर्ष नोबेम्बर २ मा यहाको राज्य संसदमा आफ्नो नेपाल भ्रमणको रिपोर्ट गर्दै भनिन – नेपाल जाने दक्षिन् अस्ट्रेलियाको पहिलो संसदको रुपमा भ्रमण दलको नेत्रित्वो गर्न पाउदा म भाग्यमानी सम्झिन्छु . उनले दक्षिन् अस्ट्रेलियामा रहेको नेपालि समुदायबाट  गतबर्षको  भुइचालो पछी नेपाल अझै आर्थिक तथा सामाजिक रुपमा ब्युझी सकेको छैन  भन्ने सुनेकी थियिन तर उनलाई केहि नेपालिहरुले नेपालको भ्रमण गरेर नेपाललाइ सघाउन सुझाव दिएका थिए  .

उनि तयार भईन . उनले आफ्नो भ्रमणलाइ अध्ययन भ्रमण भनिन,  लक्ष् बनाइन नेपाल भ्रमण गरेर पुननिर्माणलाइ सघाउने  . उनको भ्रमणमा अरु एक दर्जन  विभिन्न पेशा र ब्यबशयका मानिस पनि थपिए . दक्षिन् अस्ट्रेलियाका लागि नेपालि  महाबाणिज्य दुत दिपक धमला ,नेपालि युबा नबिन पन्थ , उनका श्रीमान एड्दी लिउ , यिन नि शोर्त्लंद , रिता कोलेमन , डेविड चो र रोज चो , क्रिंग स्विग्लर , रेनी फिगालो , करिसा मक कर्थी सहित उनका दुइ जना कर्मचारी हाले वेल्च र ग्रेस पितार्सन यो भ्रमण दलमा थिए .

उनले आफ्नो भ्रमण दललाइ  भिन्न पृष्ठभूमि र रुचिको ,  प्रत्येकले फरक र अनौठो भिन्नता बोकेको , बास्तवमा बिभिन्नता बीच रमाइलो एकता को टिम र उमेरको आधारमा छ पुस्ता को प्रतिनिधित्वो गर्ने टिम को संज्ञा दियीन . उनले राजनीतिक नेत्रित्वो , ब्यबश्यिक ब्यक्तित्वो , सरकारी अधिकारीहरुसंगको भेट , केहि अनाथ आश्रममा मानबिय सहयोग , स्कुले बिधार्थीलाइ पुस्तक वितरण , बेघरहरुलाई कम्मल वितरणमा पनि उनले समय खर्चिन . काठमाडौँ , चितवन र पोखराको पर्यटकीय भ्रमणलाइ पनि महत्वोमा राखिन . दक्षिन् अस्ट्रेलियाको संसदमा उनले आफ्नो सम्बोधनको क्रममा भनिन – मेरो भ्रमण दलले जंगलको मुटु चितवन र सबैभन्दा सुन्दर पर्यटकीय आकर्षणको केन्द्र पोखरालाइ चुम्यो .

नेपालका तत्कालीन प्रधान मन्त्रिसंगको भेटलाइ उनले दक्षिन् अस्ट्रेलियाको संसदमा यसरि प्रस्तुत गरिन – दिपावलीको पूर्व सन्ध्या , शनिवारको रात हजारौ बर्षमा एकजनाले पनि एस्तो भेट ब्यबस्थापन गर्न सकिन्छ भनेर कल्पना गर्न सक्छ, तर देशका उच्च तहको नेत्रित्र्वो संग धेरै नजिकबाट अझ व्यक्तिगत रुपमा पनि आमने सामने भेट्ने अवसर पायेउ . नेपालका प्रधान मन्त्रिसंग भेट्न पाउनु हाम्रो लागि बास्तमै ठुलो संम्मान थियो . मैले हाम्रो भ्रमण दललाइ तेसरी सम्मान गर्नुभएकोमा नेपालका प्रधान मन्त्रि पुस्पकमल दाहाललाइ हार्दिक धन्यबाद दिए .

उनले संसद राजिब बिक्रम शाह , उनकी श्रीमती तथा आमालाई  विमानस्थल मै आएर स्वागत गरेकोमा र  आफ्नो घरमा भब्य रात्रि भोजको आयोजना गरेकोमा  धन्यबाद ज्ञापन गरेकी छिन . संसद राजिब बिक्रम शाहको घरमा उनको केहि संसद र बाणिज्य मन्त्रि थकाली संग भेट भएको थियो . आफ्नो सम्बोधनमा उनले नेपालको पर रास्ट्र मंत्रालयका सहसचिब गेहेंद्रराज भण्डारी , दक्षिन् अस्ट्रेलियाको पररास्ट्र तथा ब्यापार मामिलाका राज्य निर्देशक जर्ज तथा नेपाल स्थित तत्कालीन अस्त्रलियन राजदूत ग्लेन व्हाइटलाइ सहयोगका लागि आभारी ब्यक्त गरिन .

तत्कालीन पर्यटन मन्त्रि जीवन बहादुर शाहीले उनलाई झन् प्रभावित पारेछन . संसदमा आफ्नो भासन् का बिचमा निकै खुसि मुद्रामा उनले भनिन – नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्रि ले भब्य भोज को आयोजना गरे , एती सम्म कि हामि संगै स्टेजमा उनि नाचे , सिगो पर्यटन बोर्ड नै नाच्यो . उनले पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक राज जोसी र जनसम्पर्क निर्देशक सिनिल शर्मालाइ पनि स्मरण गरेकी थियंन  . दक्षिन् अस्ट्रेलिया का बाणिज्य दूत दिपक धमला र गैर आवाशीय नेपालि संघका युवा नेता नबिन पन्थ प्रति उनीहरुको नेपाल तर्फको राम्रो सम्पर्क र ब्यबस्थापन का लागि धन्यबाद दिन चुकिनन . उनले आफ्नो टोलिको नेपाल भ्रमण सुन्दर , अर्थपूर्ण , सफल र पुरस्कृत गर्न योग्य भएको रिपोर्ट दक्षिन् अस्ट्रेलियाको संसदमा गर्न पाउदा आफु लाइ निकै गौरव महसुस भएको विचार ब्यक्त गरिन .

नेपालको समृद्द सस्कृति र परम्पराले आफ्नो भ्रमणबाट दुइ पक्षिय सम्बन्ध ,   आजीवन मित्रता , गहिरो सद्भाव र  सम्मान प्रदान गरेको भन्दै संसद झिंग लि ले भनिन – नेपाल भ्रमण गर्न चाहनु भएका सबैलाइ म पक्का गर्न सक्छु भ्रमणका लागि नेपाल सुरछित देश हो . मलेसियन मूलको  आप्रबशी समुदायबाट यहाको संसदमा प्रतिनिधित्वो गर्ने उनले आफ्नो सम्बोधनको अन्तमा एउटा पुरानो उक्ति उधृत गर्दै भनिन – यदि तिमि कहिल्यै कहिल्यै गएनौ भने तिमि कहिल्यै कहिल्यै सिक्दैनौ , यो कुरा मनमा राखेर माननीय सदस्यहरु अगाडी बढ्नुहोस नेपालले तपाइलाई पर्खेको छ .