MENU

अस्ट्रेलियाको कानूनमा सम्बन्ध विच्छेद सम्बन्धी ब्यवस्था  

Bharat Pokhrel
Solicitor

 पारिवारिक कलह, घरेलु हिंशा वा सुझबुझमा नै हुने सम्बन्ध विच्छेद (डीभोर्स) वा त्यसले निम्त्याउने सम्पति बाडफाड र बालबच्चाको रेखदेख; यी सार्है पीडादायी अनि असहज काम हुन् ।

यस्ता कुराहरुलाई राम्रोसंग मिलान गर्न नसक्दा, कानुनी झन्झट, घरेलु हिंसा अनि नाबालक सन्तानमा पर्ने असर अझ बढ्न सक्छ । अस्ट्रेलियामा कानूनी रुपमा सम्बन्ध विच्छेद गर्न अवश्यक प्रक्रिया र केही उपयोगि जानकारीहरु यो लेखमा समेटिएको छ ।

Divorce in Nepalese Community

१. अस्ट्रेलिया मा सम्बन्ध विच्छेद (डीभोर्स) गर्न के म  स्थाइ बसाेवा (PR)  या यहाँको  नागरिक (Citizen) हुनु पर्छ ?

पर्दैन । साधारण तया दुइ जना मध्ये एक जना अस्ट्रेलियामा एक बर्ष बस्नु भएको छ भने पनि स्थाइ बसाेवा (PR)  वा नागरिक (Citizen) भैनसकेका  अस्थाइ भिसा   भएकाले पनि सम्बन्ध विच्छेद (डीभोर्स)को प्रक्रिया सुरु गर्न सक्छन ।

२. सम्बन्ध विच्छेद (डीभोर्स) गर्न के श्रीमान श्रीमती दुवै जना अस्ट्रेलियामै हुनु पर्छ ?

पर्दैन । स्थाइ बसाेवा (PR)  वा नागरिक (Citizen) वा माथि भनेको झैँ अरु visa मा अस्ट्रेलियामा हुनु हुन्छ भने, तपाइको अर्को पार्टनर अर्कै देश वा नेपाल मै हुनु हुन्छ भने पनि तपाईले यहाँको अदालतमा सम्बन्ध विच्छेद (डीभोर्स)का लागि निवेदन दिन सक्नु हुन्छ ।

३. सम्बन्ध विच्छेद (डीभोर्स) गर्न दुवै जना राजी हुनु पर्छ ?

पर्दैन ।

४. डिभोर्स गर्न अघि श्रीमान- श्रीमतीका बीचमा सम्पति बाडफाड भै सक्नु पर्छ या यो प्रक्रियाका बेला अदालतले त्यसका बारे पनि फैसला गर्छ ?

साधारण तया सम्बन्ध विच्छेद (डीभोर्स)लाइ सम्पति बाडफाड भन्दा छुट्याएर काम गर्न सम्भब छ । दुबैका बिचमा समझदारी भयो भने यो संगै लग्न सम्भब छ । नत्र सम्पति बाडफाडका कुरोलाई थाती राखेर विच्छेद (डीभोर्स)को कुरो अगाडी बढाउन मिल्छ |

अर्को पक्षले यो कुरा मानेन भने पनि एकले डिभोर्सको प्रक्रिया अगाडी बढाउन सक्छ । डिभोर्स भैसके पछि भने, त्यो मिति देखिन मिलेर सम्पति बाडफाड गर्ने नत्र भने डिभोर्स भएको एक बर्ष भित्रमा  । यसका लागि अदालतमा निवेदन दिई सक्नु पर्छ ।

५. बाल बच्चाको कारणले सम्बन्ध विच्छेद (डीभोर्स)मा ढिलाई या अप्ठेरो पर्छ कि ?

यदि बाल बच्चा १८ बर्ष मुनिका छन् भने, सम्बन्ध विच्छेद (डीभोर्स) दिनु अघि अदालत उनीहरुको  हेरचाह (welfare) मा सन्तुस्ट हुनु पर्छ तर कसले रेख देख गर्ने या श्रीमान श्रीमती मध्ये कसले राख्ने ? कुन दिन या कुन समय कता या कसको मा बिताउने यस्ता बिस्तृत कुरा अदालतले डिभोर्स मात्रै को फैसलाका बेला खास हेर्दैन । यी कुरा दुइ जनाको समझदारी मै सल्ट्याउन सकिन्छ नत्र पछि पनि वकिल वा अदालतको सहयोगमा यौटा टुंगो मा पुग्न सकिन्छ ।

६. के अदालतले श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद (डीभोर्स) मा कस्को गल्ती भन्ने हेर्छ  ? यस कुराले आफुले पाउने सम्पतिमा फरक पर्छ कि ?

अन्य केहि देशमा यो कुराले माने राख्ला, अस्ट्रेलियाको हकमा यस कुराले खासै फरक पार्दैन ।

७. सम्बन्ध विच्छेद (डीभोर्स) माग्न के एक बर्ष छुट्टिनु नै पर्छ या कुर्नै पर्छ ? घरेलु हिंसा को हकमा यो समय कम गर्न मिल्छ कि ?

यस सवाल मा कानून उदार छैन । घरेलु हिंशा कै हकमा पनि एक बर्ष छुट्टै बस्न आवश्यक पर्छ ।

८. छुट्टिएर बसेको कति पछि या सम्बन्ध विच्छेद (डीभोर्स) भएको कति पछि फेरि बिवाह गर्न मिल्छ ?

छुट्टै बसेको १२ महिना भए पछि सम्बन्ध विच्छेद (डीभोर्स)को लागि निवेदन हाल्न मिल्छ अनि सम्बन्ध विच्छेद (डीभोर्स) सुनुवाइको दिन (यदि अदालतले डिभोर्स दियो भने) बाट एक महिना अनि एक दिन पछि मात्र अर्को बिबाह गर्न मिल्छ । अन्यथा त्यो बिबाह गैर कानुनी मानिन्छ ।

लेखक बोण्ड लिगलका प्रेन्सिपल सोलिसिटर हुन् ।

यो स्तम्भमा समेटिएका जानकारीहरु सामान्य सल्लाह मात्र हुन् ।

 तपाईलाई थप जानकारी र परामशर्ष आवश्यक भएकमा विशेषज्ञसंग सम्पर्क राख्नुहोला

वा  [email protected] मा इमेल गरेर आफ्ना जिज्ञासाहरु सोध्न सक्नुहुनेछ

हामी सम्बन्धित विशेषज्ञबाट जवाफ दिन मद्दत गर्ने छौ ।

नोटः पहिले पटक नेपालीपत्रमा प्रकासित ।