MENU

अस्ट्रेलियाको चार्टर्ड उडान अन्यौलमा; भदौ कुर्ने की चार्टर्डमा उड्ने

फाइल फाेटाे, सिड्नी एअरपाेर्ट

सिड्नी । नेपाल सरकारले जुलाई १९ पछि उद्धार उडानका लागि अनुमित नदिदा अस्ट्रेलियाबाट स्वदेश फर्कन चहाने यात्रुहरु अन्यौलमा परेका छन् । लकडाउनका कारण अस्ट्रेलियामा समस्यामामा परेको भन्दै नेपाल फर्कन क्यानबेरा स्थित नेपाली राजदुतावासमा २ हजार भन्दा बढीले नाम दर्ता गराएका छन् । जसमध्ये पछिल्लो समय सेमी चार्टर्ड उडानमा फर्किएका एक सय ४९ सहित छ सय ३४ जना नेपाली अस्ट्रेलियाबाट स्वदेश फर्किसकेका छन् ।

हाल ७ सय जना यात्रुहरु तत्काल फर्कने सूचीमा रहेका छन भने चार सय ५० जनाले त टिकटको पैसा नै तिरिसकेका छन् । तर, १४ जुलाईपछि अस्ट्रेलियाबाट कुनै पनि चार्टर्ड उडान नभएका कारण यात्रुहहरु अलमलमा परेका हुन् । चार्टर्ड उडानको संयोजन गरिरहेको गैर आवासीय नेपाली संघ अस्ट्रेलिया भने बाँकी यात्रुहरुलाई नेपाल फर्काउन पहल गरिरहेको दावी गरेको छ ।

सात सय जना तत्काल फर्कने सूचीमा

नेपाल एयरलाईन्सको अस्ट्रेलिया काठमाडौ चार्टर्ड उडान पछि सस्तो भाडामा समस्यामा परेका नेपालीहरुलाई घर फर्काउन गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले संयाेजन  एनआरएनएकै पहलमा जुलाई १४ मा एउटा सेमी चार्टर्ड उडान त भयो । तर, बाँकी उडानका लागि सरकारले अनुमति नदिदा नेपाल जान ईन्छुक सात सय जना चार्टर्ड उडानको पर्खाईमा छन् । यदी सात सय जना अब हुने उडानमा जाने मौका पाए भने अस्ट्रेलियाबाट नेपाल फर्कनेकाे सूचीमा  ६ सय ६६ जना मात्र बाँकी यात्रु रहने छन् ।

चार्टर्ड उडान अनुमतिको आशमा गैर आवासीय नेपाली संघ अस्ट्रेलिया

नेपाल एयरलाईन्सको चार्टर्ड भन्दा सस्तो भाडाकै कारण सेमी चार्टर्ड बिमानमा नेपाल फर्कने चाहनेको संख्या बढ्दो थियो । सरकारले बिदेशमा रहेका नागरिक उद्धारका लागि १९ जुलाई पछि अनुमति नदिने भन्ने निर्णयले अस्ट्रेलियामा चार्टर्ड उडानको पर्खाईमा रहेका नेपालीहरुलाई कसरी उडाने भन्ने वारेमा एनआएरएनए दवावमा परेको छ । किनकी उडानको अनुमति नै नदिई आशै आश कै भरमा १४ पछि हुने चार्डर्ट उडानको सम्भावित मिति सार्वजनीक गरेको थियो ।

एनआएएनएले आफ्नो फेसबुक पेजमा लेख्छ

माथिको सूचनाले चार्टर्ड उडानका लागि पैसा बुझाएका वा फारम भरेका यात्रुहरु अन्यौलमा परेका  छन् । तर, गैर आवासीय नेपाली संघ अस्ट्र्रेलियाका अध्यक्ष केशव कंडेल भन्छन, “हामीले  थप उडानका लागि पहल गरिरहेका छौ,सकरात्मक सोचौं बाँकी नेपाल फर्कन चाहनेहरु छिट्टै नै उड्न पाउनु हुने छ, यदी तपाँईले टिकटको पैसा फिर्ता लिन चाहनुहुन्छ भने पैसा तपाँईको खातामा आउँछ ढुक्क हुनुहोस । तर, चार्टर्ड उडानका लागि हाम्राे प्रयास जारी रहनेछन ।”

नेपालले अन्तर्राष्ट्रिय उडान खुलाएपछिको आशा

जुलाई २० मा बसेको नेपाल सरकारकाे मन्त्रिपरिषदको बैठकले आन्तरिक तथा बाह्रिय उडान खोल्ने निर्णय संगै चार्टर्ड उडानको पर्खाईमा रहेका यात्रुहरुलाई केही आशा पलाएको छ । त्यसैले हुन सक्छ अस्ट्रेलियाबाट नेपाल फर्कन चार्टर्ड उडानका लागि टिकट समेत लिईसेका केही यात्रुहरुले पैसा फिर्ता लिन थालेका छन ।

भदौमा उड्नुनै उत्तम बिकल्प

सरकारले चार्टर्ड उडानका लागि अनुमति दिन ढिलाई गरिरहेका बेला नेपालले अन्तर्राष्ट्रिय उडान खुलाउनुलाई अवसरका रुपमा पनि हेरिएको छ । अस्ट्रेलियाबाट  नेपाल फर्कन चहाने यात्रुहरुले यदी भदौ सम्म कुर्ने हो भने सस्तो भाडा हुनसक्छ । त्यसैले चार्टर्ड उडानको टिकट भन्दा ७५ प्रतिशत सस्तोमा ब्यवासयीक उडानमा जान पाईयो भने २५ प्रशितशले वाँकी १५ दिनखान पुग्छ । त्यसैले अहिले आक्तिहाल्नु भन्दापनि भदौ एक नै पर्खनु उत्तम बिकल्प हुन सक्छ ।

यसैबीच क्यानबेरा स्थित नेपाली दुताबासले भने गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले थप चार्टर्ड उडानका लागि पहल गरिहेकाले दुतावसले अहिले नै यात्रुहरुलाई यही गर्नुहोस भनी सूझाव दिन नमिल्ने जनाएको छ ।