MENU

अस्ट्रेलियाबाट फर्कदा गर्नुपर्ने पूर्वतयारी; पिसीआर परिक्षण कहिले र कहाँ गर्ने ?

Chhatra Shankar
Editor at Nepalese Australian

The Nepal Airlines repatriation flight from Sydney to Kathmandu

सिड्नी । चाटर्ड विमानमा अस्ट्रेलियाबाट फर्कदै हुनुुहुन्छ भने तपाईले आफ्नो तयारी अहिले देखिनै शुरु गर्नुहोस । किनकी अब तपाईसँग  केही दिन मात्र  बाँकी छ ।

यो बीचमा टिकट, पिसीआर परिक्षण तथा नेपालमा क्वारेन्टिका लागि तोकिएका होटल बुकिङ गरिसक्नु पर्छ । दुतावाससँग क्वारेन्टि बस्ने होटलको सूचीमाग गरी तपाईले बुकिड् गर्नु सक्नुहुने छ ।

पिसीआर परिक्षणका लागि भने अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एशोसिएसनसँग आवद्ध डाक्टहरुसँग सम्पर्क गर्नुपर्ने हुन्छ । वा तपाईको बासस्थान नजिकको स्थानिय स्वास्थ्य ईलाका कार्यालयले संचालन गरेको कोभिड टेस्टिङ क्लिनिकमा गएर निःशुल्क पिसीआर परिक्षण गर्न सकिन्छ ।

नेपाली दुतावास क्यानबेराले जुन २३ र २६ मा अस्ट्रेलियाबाट फर्कनेहरुले पिसीआर परिक्षणका लागि सम्बन्धीत स्वास्थ्य निकायहरुसँग नाम बुकिङ गर्न आग्रह गरेको छ ।

पिसीआर परिक्षण कहिले र कहाँ गर्ने ?

अस्ट्रेलियाका नेपाली डाक्टरहरुको एशोसिएसनले सिड्नीमा डाक्टर प्रविण पाठक र मेलर्वनमा डाक्टर चन्द्र दिपकपोख्रेललाई सम्पर्क ब्यक्ति तोकेको छ । डाक्टर पाठकका अनुसार जुन २३ मा सिड्नीवाट उडान हुनेहरुले ९६३७१५५५ नम्वरमा सम्पर्क गरी पिसीआर परिक्षणका लागि जानकारी लिनआग्रह गरेका छन् । जिपीको सम्पर्कमा आएकाहरुलाई फारम भराइ परिक्षण गर्ने स्थानको बारेमा जानकारी गराउने डाक्टर पाठकले बताए ।

प्याथोलोजी ल्यावसँग समन्वयन गरी मेडिकेयर र नीजि स्वस्थ्य विमा भएकाहरुको परिक्षण निःशुल्कहुने तथा नभएकाहरुलाई समेत मेडिकल सेन्टरहरुले निःशुल्क परिक्षण गराउने तयारी भएको डाक्टर पाठकले बताए ।

परिक्षणको परिणाम आउन कम्तिमा ४८ घण्टा लाग्ने भएकाले यथासक्यो चाडो सम्पर्कमा आउन सिड्नीका डक्टर पाठकले आग्रह गरेका छन । परिक्षण गरेपछि नतिजा नआउन्जेल सम्म एकान्तबास (सेल्फ आइसोलेसन) मा बस्नु पर्छ ।

यस्तै न्यु साउथ वेल्समा नेपालीहरुको बाक्लो बसोवास रहेका सवअर्वहरु कोग्रा, रकडेल, हर्सभिल पेस्सहस्ट, क्याम्सी, अवर्न, ग्रेनभिल, ब्लाकटाउन क्षेत्रका स्थानिय स्वास्थ्य इलाका कार्यालयले संचालन गरेको अस्थायी, ड्राइभ थ्रु र स्थायी क्लिनिकमा गएर निःशुल्क कोभिडको पिसीआर परिक्षण गर्न सकिन्छ ।

हवाई टिकटका लागिकहाँ सम्पर्क गर्ने ?

यसैबीच नेप्लिज अस्ट्रेलियनसँग कुरागर्दै अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले भने, “हामीले नेपाल फर्कनेहरुको अन्तिम नामावलीको तयारी गरीरहेका छौ,  तपाईले हाम्रो इमेल पाउनु भए पछि हवाई टिकट बुकिङ र पिसिआर परिक्ष गर्नुहोला ।”

सिड्नबाट विमान चढ्दै हुनुहुन्छ भने मिमम्सा कार्की ००९७–९८४९१५७४५४ र मेलर्वनबाट उडान गर्ने हुनेहरुले सरोज नेपाल ००९७ –९८४१९६२०५४ मा सम्पर्क गरी टिकट बुकिड गर्न सकिने नेपाल एयरलाइन्सले जनाएको छ ।

भाडा कति ?

नेपाल एरलाइन्सले अस्ट्रेलियाको सिड्नी र मेलर्वनवाट हुने चार्टड विमानकालागि २३ सय १० अस्ट्रेलियन डलर हवाई भाडा तोकिएको छ । जसको नेपाली रुपैया १ लाख ९५ हजार ५ सय हुन्छ । नेपालपुगे पछि नेपाल सरकारको लकडाउन सम्बन्धि नियमको पालना गनुपर्ने हुन्छ ।

क्यानवेरा स्थित  नेपाली दुतावासलाई नेपाल सरकारले क्वारेन्टिमा बस्न छनोट भएका होटलहरूकाे बिवरण पठाएको छ । उडान अघि यात्रुले खर्चको जानकारी पाउनु हुने बताइएकाे छ ।

यो पनि पढ्नुहोस ।

नेपाल फर्किनेका लागि अस्ट्रेलियाको सिड्नी र मेलबर्नबाट उडान हुने पक्का

चाटर्ड फ्लाइटबाट नेपाल फर्किनेलाई दुताबासको आग्रह : इमेलमा सूचना प्राप्त नभएकाहरुले चाँडै सम्पर्क गर्नु