MENU

अस्ट्रेलियाबाट बाँकी यात्रु कहिले फर्कने; उड्ला त १९ जुलाईमा चार्टर्ड विमान ?

जुलाई २१ मा दुई या तीनबटा उडानका लागि सरकारसँग अनुमति माग्ने हो भने पछिल्लो समय जानका लागि टिकटको पैसा तिरिसकेका यात्रुहरुलाई एकसाथ नेपाल पठाउन सकिन्छ । सरकारलाई एनआरएनए एक्लैले भन्दा पनि अस्ट्रेलियामा रहेका सवै  संघ संस्थाहरूले सामुहिक दवाब दिन जरूरी छ । 
सिड्नी ।  सेमी चार्टर्ड उडान माफर्त नेपाल फर्कन  अस्ट्रेलियाबाट ६ सय जना  यात्रुहरुले  टिकट बुकिङका लागि नाम दर्ता गरएका थिए । जुलाई १४ को  सिंगापुर एयरलाइन्समा  १ सय ५३ जना यात्रु लैजाने उडान तालिका रहेको थियो । तर, उडानको अन्तिम समयमा ४ जना अन्य ईन्जिनियर पनि बिमानमा जानुपर्ने भएकाले यात्रु संख्या कम गरी १ सय ४९ जना मात्र  नेपाल फर्कन पाए ।

बाँकी रहेका ४ सय ५१ जना  यात्रुहरु कहिले फर्कन पाईन्छ भन्ने चिन्तामा रहेका छन् । सेमी चार्टर्ड उडानको संयोजन गरी गरिरहेका गैर आवासीय नेपाली संघका अध्यक्ष केशव कडेल भन्छन, “अर्को उडानको पर्खाईमा रहनु भएका यात्रुहरुले तयारी अवस्थामा बस्नु होला । १९ गते अगाडीनै नेपाल सरकारसँग समन्यवन गरेर दुई वा तीनवटा चार्टर्ड उडान गराउने तयारीमा छौ । यदी टिकटको पैसा बुझाएर पनि पिसीआर परीक्षण गर्नुभएको छैन भने तपाई यात्रुहरुले तत्कालै परीक्षण गरिहाल्नुहोस ।”

उड्ला त १९ अघि चार्टर्ड विमान ?

उड्न बाँकी ४ सय मध्ये तीन सय जनाले त टिकटको पैसा नै एनआरएनएको खातामा बुझाई सकेका छन् ।  तर, नेपाल सरकारले १२ जुलाई सम्म मात्र उद्धार उडान गर्न सकिने निर्णय गरेको थियो ।  तर, विदेशमा रहेका यात्रु  तथा सम्बन्ति देशका गैर आवासीय नेपाली संघको पहलमा सरकारले उद्धार उडान जुलाई १९ सम्म गर्न अनुमति दिएको थियो । अस्ट्रेलियाबाट उद्धारको पर्खाइमा रहेका बाँकी नेपालीलाई  १९ जुलाई अघि नेपाल फर्काउन पहलहरू भने भइरहेका छन् ।

ब्यवाहारिक पक्ष यस्तो छ

चार्टर्ड उडानमा नेपाल फर्कने यात्रुहरुलाई पिसीआर रिपोर्ट अनिवार्य भएका कारण  बुधवार  गरी हाले पनि उनीहरुको रिपोर्ट आउन कम्तिमा ४८ घण्टा लाग्छ । सबै यात्रुहरुले पिसीआर  परीक्षण रिपोर्ट  १९ अघि नै बुझाउन सक्लान त ? बुझाउने समय कम देखिन्निछ ।  यदी उडान भइहाल्यो भने यात्रुहरूसँग चार दिन मात्र वाँकी छ ।

 १९ जुलाईको उडानका लागि नेपालमै भएका   ट्राभल्स एजेन्सीलाई टिकटको जिम्मा दिनसक्ने कुरा पनि वाहिर आएको छ । यदी नेपालकै  ट्रभल्स  एजेन्सीलाई टिकटको जिम्ममा दिने हो भने  अस्ट्रेलियाका ट्राभल्स एजेन्सीले  असहयोग गर्न सक्ने स्रोत बताउँछ ।

१९ घण्टाको उडान पनि हुनसक्छ

गैर आवासी नेपाली संघ अस्ट्रेलिया तथा अन्य संघ संस्थालाई बाँकी रहेका नेपाली फर्काउन नैतिक दवाव सिर्जना भएको छ । स्रोत भन्छ  एनआरएनएको नेतृत्वमा जसरी भएपनि या नेपालकै ट्राभल्स एजेन्सीलाई दिएर होस या यात्रा जतिसुकै लामो होस १९ अघि एउटा उडान गराउने पक्षमा गृहकार्य गरिरहेको छ ।

मालिन्डो  एयरबाट केही  यात्रुलाई १९ अघि फर्काउन पहलहरु भईरहेका छन तर, सिड्नीमा रहेका ट्रभल्स एजेन्सीहरुले भने लामो यात्रा हुने भन्दै असहमति जनाउने भएका छन् । यदी मालिन्डो  बिमानवाट  नेपाली यात्रुलाई काठमाडौं फर्काईने हो भने १९ घण्टाको यात्रा हुनेछ । अस्ट्रेलिय  इन्डाेनेसिया र कोलालम्पुर हुँदै काठमाडौको यात्रा हुने छ ।

आभारदायी यात्रा कसरी गराउने

कोरोना भाइरस ब्यवस्थापन समितिको वैठक हरेक हप्ता बिहीवार बस्छ ।  बैठकमा  अस्ट्रेलियाबाट घर फर्कने चहाने नेपालीहरुलाई सातामा एउटा उडान माफर्त भएपनि फर्काउनका  लागि सरकारलाई दावाब दिन आवश्यक देखिन्छ ।  अथवा २१ मा दुई या तीनवटा उडानका लागि सरकारसँग अनुमति माग्ने हो भने  टिकटको पैसा तिरिसकेका यात्रुहरुलाई एकसाथ नेपाल पठाउन सकिन्छ ।