MENU

अस्ट्रेलियामा कोरोना भाइरसका कारण एकैदिन १९ जनाको निधन

Nepalese Australian

अस्ट्रेलियामा एकै दिन १९ जनाको निधन

देशमा कोरोना भाइसर संक्रमितको संख्या २१ हजार तिन सय ९७

अहिले सम्म देशभरी तिन सय १३ जनाको कोरोना भाइसरका कारण मृत्यु

अहिले सम्म ४.९ मिलिन जनामा कोरोना भाइसरकाे परिक्षण

मेलबर्नको फ्लेमिङ्टन क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र प्रहरी Source: Facebook /Parsuram Sharma-Luital JP

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइसरका कारण एकै दिन १९ जनाको निधन भएको छ । एकै दिन कोरोना भाइसरका कारण मृत्यु हुनेहरुको संख्या यो अहिले सम्मकै ठूलो हो । अस्ट्रेलियाका उप प्रमुख स्वास्थ्य अधिकारी डा माइकल किडीका अनुसार देशभरी गरेर अहिले सम्म तिन सय १३ जनको कोरोना भाइसरका कारण निधन भैसकेको छ ।

देशमा कोरोना भाइसर संक्रमितको संख्या पनि २१ हजार तिन सय ९७ पुगेको छ । अहिले सम्म ४.९ मिलिन जनामा कोरोना परिक्षण भएको उप प्रमुख स्वास्थ्य अधिकारी डा किडीले सोमबार नियमित पत्रकार सम्मेलनमा जानकरी दिएका थिए ।

भिक्टोरियाका एक सय २२ एज केयर होमहरुमा संक्रमण

भिक्टोरियाका प्रिमियर डेनिलय एन्ड्रुका अनुसार रज्यमा मात्र आज सम्म कोरोना भाइसरका कारण दुई सय २८ जनाको निधन भैसकेको छ । रज्यका एक सय २२ एज केयर होमहरुमा कोरोना भाइसरको संक्रमण फैलिएको छ भने त्यहाँ कार्यरत एक हजार भन्दा बढी स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएका छन् ।

बिगत २४ घण्टामा भिक्टोरियामा तिन सय २२, न्यु साउथ वेल्समा १४ जना र क्विन्सल्याण्डमा १ जनामा कोरोना भाइसरको संक्रमण देखिएको बताईएको छ ।