MENU

अस्ट्रेलियामा दश लाख भन्दाबढी मानिस वेरोजगार; अन्तराष्ट्रिय बिद्यार्थी बढी मारमा

Nepalese Australian
  • ४२ वर्षमा पहिलो पटक अस्ट्रेलियामा दश लाख भन्दाबढी मानिस वेरोजगार भएको तथ्यांक सार्वजनीक भएको छ ।

  • जुलाई महिनामा वेरोजगारीको दर ७ दशमलब  ५ प्रतिशत पुगेको थियो ।

  • वेरोजगारी समस्या बढ्दै जाँदा अध्ययनका लागि अस्ट्रेलियामा रहेका नेपाली  विद्यार्थीहरु सबैभन्दा बढी मारमा पर्ने भएका छन् ।

  • जबकीपर कार्यक्रमले भने रोजगारदाताहरूलाई कर्मचारी राखिराख्न केही भए पनि राहत मिलेको छ ।

Photo by Steve Knutson on Unsplash

सिड्नी । कोरोना भाइरस महामारीको असर सुरु भएयता ४२ वर्षमा पहिलो पटक अस्ट्रेलियामा दश लाख भन्दाबढी मानिस वेरोजगार भएको तथ्यांक सार्वजनीक भएको छ । कोरोना भाइरसले गर्दा धेरैको जागिर कटौती भएको छ भने यहाँका उद्योग ब्यावसाय तथा रोजगारदाता कम्पनीहरु बन्द हुँदा लाखाै  कामदाहरुको रोजीरोटी खोसिएको छ ।

सरकारले कोरोना भाइरसको असर कम गर्न र क्यास फ्लोमा कुनै असर नपरी ब्यवसाय निरन्तर रुपमा संचालन गर्न सहयोग होस भनेर क्यास फ्लो बुस्ट स्किम ल्याएको छ । क्यास फ्लो बुस्ट अन्तरगत इनिसियल र एडिसनल दुबै किस्तामा साना तथा मझौला ब्यवसायिले सरकाबाट अनुदान पाउँछन् ।

यसको मुख्य लक्ष नै ब्यवसाय बन्द नहोस र रोजगारी सृजना भैरहोस भन्ने हो । तर यो कार्यक्रमबाट पनि अपेक्षा गरे अनुसारको उपलब्धी हुन सकेको छैन । तर जबकीपर कार्यक्रमले भने रोजगारदाताहरूलाई कर्मचारी राखिराख्न केही भए पनि राहत मिलेको छ ।

वेरोजगारी समस्याको मारमा अन्तराष्ट्रिय बिद्यार्थी

वेरोजगारी समस्या बढ्दै जाँदा अध्ययनका लागि अस्ट्रेलियामा रहेका नेपाली  तथा  अन्तराष्ट्रिय  विद्यार्थीहरूमा  सबैभन्दा बढी मारमा परेकाे छ ।  काम गर्दै कलेज शुल्क तिर्दै आएका कतिपय नेपाली विद्यार्थीहरु कलेज शुल्क कसरी तिर्ने भन्ने बारेमा तनावमा छन् ।

क्याफे तथा होटल रेष्टुरेण्टहरुमा कामगर्दै आएका विद्यार्थीहरुको काम गर्ने समय कटौती भएको छ भने धेरै जसो कर्मचारीलाई कम्पनीले कोभिड पछि आउने भन्दै कामबाट निकालिदिएका छन् ।

सरसफाई क्षेत्रमा कामगर्ने कतिपय नेपाली विद्यार्थीहरु पनि वेरोजगार भएका छन । एज केयरमा कामगर्ने नेपाली विद्यार्थीहरुको जागिर सुरक्षित भएपनि जनवरी यता आएका नयाँ विद्यार्थीहरुले एज केयरको प्लेस्मेन्ट नपाउँदा पढाई पनि पुरा हुन सकेको छैन र जागिर पाउँन सकिरहेका छैनन् ।

जागीर कसरी पाउँने ?

यो तथ्यांक भनेको सिंगो अस्ट्रेलिया भरको हो । वेरोजगारी दर हेरेर विभिन्न राज्यमा रहेका नेपाली विद्यार्थीहरुले अहिले नै निराश भइहाल्नु पर्ने अवस्था भने छैन ।

जागीरका लागि एउटा ढोका बन्द हुँदा हजारौ ढोकाहरु खुल्छन् । ग्रामिण क्षेत्रमा बसोवास गर्नु भएको छ भने खेती, फ्याक्ट्री तथा प्याकिङ कम्पनीहरुमा जागीरको सम्भावना हुन सक्छ । शहरी क्षेत्रमा बस्नु हुन्छ भने अझै पनि साना तथा ठूला रोजगारदाता कम्पनीहरुले कामदार खोजी रहेका छन् मात्र यति हो की अहिले काममा प्रतिस्पर्दा बढी छ । त्यसैले काम पाउँने सम्भावना कमी हुन्छ ।

सपिङ सेन्टरहरुमा निरन्तर एप्लाई गरी रहनु पर्छ । टेक वे जवमा मान्छेहरु खोजि रहेकोे हुन्छ त्यहाँपनि नयाँ अवसर मिल्न सक्छ । उवर ईट्स पनि जागीरका लागि अर्को विकल्प हुन सक्छ ।

महामारीको समयमा यो वा त्यो नभनी जे काम पाए पनि गर्नु पर्छ । अहिलेको समय भनेको कमाउने होईन बँच्ने मात्र हो । त्यसैले समस्यामा परेका जो कोहीलाई आफूले सकेको सहयोग गरौ । पैसा दिएर हैन की सूचना दिएर । यदी तपाँई अस्ट्रेलियामा काम नपाएकै कारण तनावमा हुनु हन्छ भने अरुलाई पनि सुनाउनु होस । सायद काम पाउँने अरु उपाय पो हुन्छ की ?

अस्ट्रेलियामा दशलाख भन्दा बढी मान्छे वेरोजगार

जुलाई महिनामा वेरोजगारीको दर ७ दशमलब  ५ प्रतिशत पुगेको थियो । जुन अघिल्लो महिनामा ७ दशमलब ४ प्रतिशत थियो । अस्ट्रेलियाको तथ्यांक विभागका अनुशार देशको विभिन्न भागमा प्रतिवन्धहरु हटाइए पछि जुलाई महिनामा १ लाख १४ हजार ७ सय मानिसले रोजगार पाए । जसमा ४३ हजार ५ सयले फुल टाईम काम पाएका थिए ।

काम गरिरहेका अथवा सक्रिय रुपले काम खोजी रहेको मानिसको संख्या जुलाईमा ६४ दशमलब ७ प्रतिशतले वृद्धि भएपछि वेरोजगारी दरमा पनि वृद्धि भएको हो ।

तर तथ्यांक विभागका प्रमुख जोर्न जार्भिसका अनुसार मार्च महिनाको तुलनामा भने अहिलेको वेरोजगारी करिब ५ लाखले कम हो । वि आइ एस अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अर्थशास्त्री साराह हन्टरले भिक्टोरियामा चौथो चरणको प्रतिवन्ध पछि अगस्ट महिनामा रोजगारीमा कमि आउने बताइन ।

रिजर्भ बैंकले यस वर्षको अन्त्य सम्ममा वेरोजगारीको दर १० प्रतिशत पुग्ने तथा आगामी दुई वर्षसम्म वेरोजगारी दर ७ प्रतिशत कायम रहने आंकलन गरेको छ ।