MENU

अस्ट्रेलियामा बी.पी. लाई संझियाे

सिड्नी ।    ३८ औ बी.पी. स्मृति दिवसको अवसरमा जनसम्पर्क समिति  अस्ट्रेलिया, साउथ अस्ट्रेलिया राज्य अधिवेशन तयारी समितिले एडिलेड शहरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
२१ जुलाई मंगलबारका दिन टेष्ट अफ नेपाल, नेपाली रेष्टुरेण्ड एडिलेडमा बी.पी लाई सम्झदै उहाँ प्रति श्रद्धाञ्जली अर्पण गरीएको हो । महामानब एबम जननायक बी.पी. कोइराला को ३८ औं स्मृति दिवसको अवसरमा उहाँ प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्न नेपाली कांग्रेस केन्द्रिय कार्यलय र जनसम्पर्क समिति अस्ट्रेलिया अध्यक्ष कृष्ण गिरी आग्रह बमोजिम कार्यक्रम गरीएको साउथ अस्ट्रेलिया राज्य अधिवेशन तयारी समिति एबम कार्यक्रम संयोजक दिलिप पोखरलेले बताएका छन ।
पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि बी.पी. ले पुर्याउनु भएको योगदान को चर्चा गर्दै नेपाली राजनीतिक ईतिहासमा उहाँ सदा अजर र अमर रहने बताइएको थियो ।
श्रद्धाञ्जली सभाका प्रमुख अतिथि साउथ  अस्ट्रेलियाका लागि नेपाली बाणिज्यदूत दिपक धमलाले महाबानब कोइराला प्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । सभामा समाजसेवी दिपक बिष्ट, समुदायका अगुवाहरु यादब बस्याल, कपिल पाण्डे, गोबिन्द राना लगायतले श्रद्धाञ्जली मन्तब्य राखेका थिए ।
साँझ ५ बजे देखि ७ बजे सम्म चलेको सो कार्यक्रममा जननायक वीपीका बिचारहरु आजको आधुनीक समाजमा पनि उत्तिकै व्यवहारीक र उत्कृष्ठ रहेको बिश्लेषण गरीएको थियो ।