MENU

आँफै आफ्नो मित्र र शत्रु पनि !

मान्छे दु:खि हुन्छ , किनकि उसले सुख नभेटेर होईन बरू आफु सँङ्गै भएको सुख नचिनेर   यस्तै गरिव हुन्छ , किनकि सँग धन नभएर होइन बरू आफु सँग भएको दौलत चिन्न नसकेर  दु: सुखको सम्बन्ध पाउनु नपाउनु सँग हैन , चिन्नु नचिन्नु सँग हुन्छ   टोपामाइन , इन्डोर्स्फिन नामको रसायन जब मानिको  दिमागमा निस्कन्छ तब जस्तोसुकै अवस्थामा पनि सुखि हुन्छ यो रसायन वाह्य बस्तु भन्दा पनि विचार बाट उत्पन्न हुन्छ

 

धनी हुंदा पनि दुखि रह्ननु , वा चर्चित ब्यक्तित्व  भएर पनि निरास हुनु यसैको कारण हो यसैले आत्महत्य गर्ने ब्यक्तिहरू धनी भनिएका देशमा बढि भेटिन्छ । जे विचार आउंछ त्यसमा सकारात्मक तवरले सोच्न सक्ने तरङ्गको बिकास गर्दै जांदा सुख त्यतिकै घटित हुन्छ सकारात्मक सोच बढाउंदै जांदा , त्यस्तो सम्यक ब्यक्तिले संसारमा दु: हुनु पर्ने कारणै भेट्दैन अनि खुशी नहुने कुनै कारणै भेट्दैन जब कुनै  पनि घट्ना घट्र्छ , परिस्थिति आउंछ , तब त्यसमा के राम्रो कुरा भेट्न सकिन्छ भनेर खोज्ने बनी पर्यो भने सकारात्मक रसायन हरू विस्तारै बढ्न, थालछन् संसारको दु: भुल्न कोहि नसा पिउंछन् , कोहि यस्तै कुनै आनन्दको  सहारा खोजि गर्छ्न तर यो सहारा दीर्घकालिक हुंदैन तसर्थ हिन्दिमा एउटा भनाइ ;

 

जीवन खुवसुरत है ,हमको जिना नहि आता

नसा तो हर चीजोमे  है हमको पीना नहि आता ।।कविर

 

जीवनमा खुशी लिने बस्तुहरू तपाईं भित्रै वरिपरि छन् , मात्र आफुलाई अरू सँग तुलना गर्न छाड्नु भयो  भने यसले तपांलाई आफु सँग जे , त्यसैमा खुशी हुने स्थिमा पुर्यांउंछ त्यस पछि मलाई मैले नै चिन्नु , यो भाव अगाडि आउन साथ दु: हराउंदै जान्छ , घाम झुल्के पछि अध्यांरो विलिन भए झैं को हूँ?सानो सानो सुस्म कोषिकाहरुको संरचनाले बनेको यो शरीर जसलाई हामी मेरो शरीर ( ) भनिरहेका छौं l यो शरीर होइन , यो शरीरलाई हेर्ने,चलाउने मन पनि होइन , यो अहंकार ,घमण्ड , विचार पनि होइन , यो स्वास ,शक्ति जसले शरीरलाई चलायमान गराईरहेको

त्यो पनि होइन lत्यसो भए को हूँयी सबै यहि आकाश बाट उत्त्पति भएको यहि अवस्थित यो स्थिति पनि होइन यो सारा ब्रमाण्ड पनि होइन ,

 

जब मैं था तब हरी नहीं, अब हरी है मैं नाही |
सब अँधियारा मिट गया, दीपक देखा माही ||

 

को हू.?

केवल चेतना मात्र हूँ मात्र चेतना त्यो पनि यस महा चेतनामा विलीनभए पछि मेरो औचित्य नै सबै महाचेतना भयो l नै महा चेतना हूँ, यसलाई केवल महसुस मात्र गर्न सक्छुl यो सारा अस्तित्व नै हूँ l यो अस्तित्व सधै रही रहन्छ l यसको भुत थियो भविष्यत यो वर्तमान मै चलिरहेको , यो जन्मेको हो मर्ने , यो सदा सर्बदा चलिरहन्छ, रहिरन्छ l जिन्दगीको भाग दौडमा मानिसलाई यो कुरा थाहै हुदैन कि उसलाई ओढाउने कात्रो पनि बजारमा,आइसकेको हुन्छ ! त्यसैले सबै कुरा बिर्सनु तर एकदिन मर्नुछ भन्ने कुरा कहिल्यै नविर्सनु।। जिन्दगिमा सुखि हैन सन्तुष्टि हुन जान्नुपर्छ एउटा घर बन्न कङ्क्रिट बालुवा,सिमेन्ट बाङा टिङा ढुङ्गा  अावश्यकता पर्छ ती सबैलाई अाकर्षण संयाेजन गरेपछी नै राम्राे घर बन्छ जिन्दगी पनि पसिना, दुख सुख, तनाव , हाँसाे ,मिलाउंदै  लगेपछी सुन्दर बन्छ मेरा पाइलाहरु पनि अाफ्नाे जिन्दगीलाई अाफुले बनाउने घर जस्तै सुन्दर बनाउन दु: सुखको राजामार्गको यात्रा गरिरहेको सम्झनुहोस्

 

खुशी रहने केही ९  उपायहरु

) हरेक पल  सकरात्मक सोच्ने

) अहिले कै वर्तमान समयमा  रहने

) आफुलाई कसैसँग तुलना नगर्ने 

) कसैको प्रगतिमा  रिस, डाह , इर्स्या  नगर्ने 

) अरुले  केही भन्छकि भनेर नडराउने, आफ्नो आत्मविश्वास  बढाउने , त्यस्तै मित्र बनाउने  

) कसैले केही भन्ने बितिकै आफु कमजोर भएको अनुभव नगर्ने

पहिला आफ्नो सोच , बिचार बदल्ने , हरेक दिन , हरेक घटनालाई यो राम्रैका लागि भएको हो ठान्ने

आफ्नो लागि समय दिने ,हरेक दिन आत्मा चिन्तनको लागि समय छुट्ट्याउने

) सकिन्छ भने आफ्नै कोठा मा बसेर  योग , ध्यान , प्रणायाम नियमित एउटै समयमा गर्ने 

 

 

चिन्तनीया हि विपदामादावेव प्रतिक्रिया

कूपखनन्ं युक्तं प्रदीप्ते वह्निना गृहे

 

संस्क्रितमा भनीएको , घरमा  आगो लागे पछि कुवा खन्न नलाग्नु कुवा पहिल्यै खन्नु तसर्थ अझै ढिला भएको छैन , आजै बाट अन्तर्मनको परिवर्तन त्गर्फ लागौं

गुलावको बोटमा पनि कांडा  हुन्छ , चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन देवकोटा पनि चुरोट पिउंथे  हेमिंग्वे रक्सी पिउंथे  नकरात्मकता हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो

 

मानिसले आफ्नो उद्दार आँफै गर्नु पर्छ आँफैले आफु लाई बिग्रन बाट बचाउनु पर्छ किन भने मानिस आँफै आफ्नो साथी हो आँफै आफ्नो शत्रु पनि

 

                अाँखाहरू पाेखरी हाेइनन, तर पनि भर्न सकिन्छ

 

                मान्छेहरू माैसम हाेइनन, तर पनि बदल्न सकिन्छ