MENU

आईटी र इन्जिनियरिङ्गका बिद्यार्थीहरुकोे करियर मेला हुँदै

रकडेल, सिड्नी । आईटी र इन्जिनियरिङ्गका बिद्यार्थीहरुहरुले अस्ट्रेलियामा पढाई अनुशार कै जागिर पाउन सहयोग गर्ने उद्देश्यले युवा आइ टी इन्जिनियरहरुको संस्था एस्ट्रा टेकले जुलाई दुईमा करियर मेला आयोजना गर्दैछ ।

रकडेलको इन्द्रेणी सभाहलमा हुने कार्यक्रममा ७० जना भन्दा बढी आईटी र इन्जिनियरिङ्गका विद्यार्थीहरु सहभागी हुने एस्ट्रा टेकका अध्यक्ष बिनोद कुँवरले जानकारी दिए । न्यूनतम शुल्क सहभागिहरूले आईटी र इन्जिनियरिङ्गका पेशागत तालिम पाउने छन् ।

बेकुकी चार बजे देखि साँझ सात बजेसम्म संचालनहुने उक्त करियर मेलामा आईटी सँग सम्बन्धि रोजगारदाता कम्पनीका विज्ञहरुले पढाई अनुशारको जागिर पाउने बिधिवारे बिद्यार्थीलाई परामर्श दिने कुवरले बताए ।

तीन घण्टासम्म संचालन हुने करियर मेलामा, जागिर पाउनका लागि कस्तो बायो डाटा बनाउने, अन्तरवार्तामा कसरी प्रस्तुत हुने तथा आफूसँग भएको क्षमतालाई बजारमा कसरी विक्रिगर्ने भन्ने बारेमा विज्ञहरुले सुझाब दिने एस्ट्रा टेकले जनाएको छ ।

सन् २०१८ मा स्थापना भएको एस्ट्रा टेकले आईटी र ईन्जिनियरिङ्गका विद्यार्थीहरुलाई आफ्नै क्षेत्रमा भविश्य बनाउन सहयोग गर्ने उद्देश्यले विभिन्न खाले तालिमको आयोजना गर्दै आएको छ ।

आईटी र ईन्जिनियरिङ्ग पढ्ने नेपाली बिद्यार्थीहरु अन्य देशका बिद्यार्थी भन्दा क्षमतामा कम नभएको तर, आफ्नो क्षमतालाई बजारमा चिनाउन नसक्दा पछि परी रहेको एस्ट्रा टेकका सन्तोष श्रेष्ठले बताए ।

प्रबिधिसंग खेल्ने सक्ने बिद्यार्थीहरुलाई सही परामर्श दिने हो भने आईटी र ईन्जिनियरिङ्गका विद्यार्थीहरुले अन्य जागिरका लागि भौतारी रहनु नपर्ने अध्यक्ष कुवर बताउ छन ।