MENU

अस्ट्रेलियाबाट १४९ जना नेपाली स्वदेश फर्कदै : यात्राअघि तपाँइले के गर्ने ?

Australia to Nepal via Singapore Airlines Photo: S.K with LENS
Repatriation Flight Australia to Nepal via Singapore Airlines Photo: S.K with LENS

सेमी चार्टर्ड उडान माफर्त लकडाउनका कारण अस्ट्रेलियामा अड्कीएका थप एक सय ४९ जना नेपलीहरु आज स्वदेश फर्कदैंछन ।

सिंगापुर एयरलाइन्सले अस्ट्रेलियाका तीन शहर सिड्नी, मेलवर्न र व्रिजबेनवाट नेपाली यात्रुहरुलाई उद्धार गरी सिंगापुर पु्र्याउने र सिल्क एयरको चार्टर्ड उडान माफर्त उनीहरुलाई नेपाल लैजाने उडान तालिका रहेको  छ ।

कति बजे पुग्ने एयरपोर्ट ?

यात्रुहरुले उडान हुनभन्दा चार घण्टा अगाबै चेक –ईनका लागि एयरपोर्ट पुग्नुपर्ने छ । एरपोर्ट जाँदा पिसीआर नेगेटिभ भएको प्रिन्ट रिपोर्ट साथमै हुनुपर्ने छ । सिड्नीका यात्रुहरुले चेकईन काउण्टर ई मा ४ः३० बजे पुगिसक्नुपर्ने छ ।

सिड्नीबाट यात्रु लिएर बिमानले ८ः२० बजे ब्रिजवेनका लागि उडान भर्ने छ । ब्रिजवेनका यात्रुहरुले एयरपोर्टको ईन्टरनेशनल टर्मिनलमा साँझ ७ः३० बजे पुगिसक्नुपर्ने छ । र ब्रिजवेनबाट बिमानले ११ बजे सिंगापुरका लागि उडान भर्नेछ ।

त्यस्तै गरी मेलबर्नवाट नेपाल फर्कने यात्रुहरुले चेक ईन काउण्टर ईन्टरनेशनल टर्मिनल टि २ मा बेलुकी ८ बजे पुगिसक्नुपर्ने छ । ब्रिजवेनवबाट नेपाली यात्रु लिएर बिमानले राति ११ः५० बजे सिधैं सिंगपुरका लागि उडान भर्ने छ । अस्ट्रेलियाबाट उडेका विमानहरु सिंगापुरको स्थानीय समय अनुशार ५ः ४५ बजे सबै बिमान पुगिसक्ने छन । बेलुकी नाै बजे बिमानले सिंगापुरबाट काठमाडाैंका  लागि उडान भर्नैछ ।

सिंगापुरको समय अनुशार चार्टर्ड बिमानले राति नौ बजे काठमडौका लागि उडान भर्ने छ । काठमाडौंमा बिमान १५ जुलाई अर्थात ३० गते बुधबार मध्यान्ह् १२ बजे अवतरण हुने छ ।

कति के.जी लैजान पाईन्छ ?

लकडाउनबीचको   अस्ट्रेलियाकाे    लामो बसाइमा पक्कै पनि तपाईले नेपाल फर्कदा लैजाने समानको सूची लामै हुनुपर्छ । तर, सेमिचार्टर्ड उडानमा जाँदा तपाईले लैजाने समानको लिमिट तोकिएको छ । त्यसैले तपाईले चार्टर्ड प्लाईटमा जाँदा ३० के.जी लगेज र ७ केजी ह्याण्ड क्यारी एउटा मात्र लैजान पाउनु हुने छ ।

यात्रुले भुल्न नहुने कुरा

यात्रा गर्नुभन्दा पहिले कोरोना भाइरस क्राईसेन मेनेजमेन्ट सेन्टरको तलको लिंकमा गएर फारम भर्नुहोस । माथिको लिंकमा तपाँईले फारम भर्नु भयो भने एउटा बारकोट पाउनुहुने छ । सो बारकोड तपाईले नेपालको एयरपोर्टमा देखाउनु होस । यदी तपाईलाई अनलाईन फारम भर्न असजिलो लाग्यो भने नेपाल रिटर्न फारम डाउनलोड गरी भर्न सक्नुहुने छ र काठमाडौ एयरपोर्टमा सोही फारम देखाउन सक्नुहुने छ । फारम तलको लिंकमा गएर  ।डाउनलोड गर्नुहोस

काठमाडौ पुगेपछि…

यात्रुहरुले काठमाडौ अवतरण गरेपछि सरकारको लकडाउन सम्बन्धि नियम पालना गर्नुपर्ने हुन्छ । काठमाडौंका यात्रुहरुलाई सेल्फ क्वारिन्टनका लागि घर पठाईने छ । सेल्फ क्वारिन्टनमा बस्दा सो घरमा अन्य मानिसहरुसंग घुलमेल भएको पाईए स्थानीय प्रहरीले सरकारको क्वारिन्टनमा लैजाने छ ।

काठमाडौ बाहिरका यात्रुहरुलाई सुरक्षित रुपमा आ आफ्नो जिल्लामा पठाउने र उनीहरुले पनि आफन्तहरु भन्दा अलग्गै सेल्फ क्वारिन्टनमा वस्नुपर्ने हुन्छ ।