MENU

आज मेलबर्न काठमाडौं चार्टर्ड उडान; सिट क्षमता भन्दा कम यात्रु नेपाल फर्किदै

Stranded Nepalese at Melbourne Airport, The Nepal Airlines repatriation flight from Melbourne to Kathmandu July 27, 2020. Photo: Nepalese Australian

मेलबर्न । लकडाउनका कारण अस्ट्रेलियामा अड्किएका नेपाली नागरिक फिर्ता लैजान नेपाल एयरलाइन्सको चार्टर्ड बिमान आज मेलबर्न आउदै छ । आर.ए ४१३५ नम्बरको नेपाली बिमानले काठमाडौंबाट कोललम्पुर हुुँदै मेलबर्नका लागि उडान भरेको थियो । बिमान आजै १२ः५० बजे काठमाडौं  फर्कने पूर्बनिर्धारित तालिका भएपनि उडान निर्धारित समय भन्दा केही समय ढिला हुने भएकाे छ ।

बिमानस्थलमा यात्रुहरु पुग्ने क्रम शुरु भएको छ । यात्रुहरुको विदाईका लागि नेपाली महाबाणिज्यदुत भिक्टोरियाका प्रतिनीधि र गैर आवासीय नेपाली संघका स्वयम सेवकहरु विमान स्थल पुगिसेका छन । नेपाली डाक्टरहरुको समूह पनि अहिले बिमानस्थलमा छ । यात्रुहरुको समान्य स्वस्थ्य परीक्षण गरिने अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड  डेण्टल  एशोसिएनका अध्यक्ष डाक्टर चन्द्र दिपक पोखरेलले बताए ।

आज नेपाल फर्कनका लागि अस्ट्रेलियाका विभिन्न शहरवाट यात्रुहरु शुक्रवारनै मेलबर्न पुगिसकेका छन । यात्रुहरुको ब्यवस्थापन भिक्टोरिया स्थित नेपाली महावाणिज्य दुतावासले गरेको छ ।

The Nepal Airlines repatriation flight from Melbourne to Kathmandu July 27, 2020.
नेपाल फर्कन मेलबर्न बिमानस्थलमा चेक इन गर्दै नेपाली यात्रुहरु, फोटो नेप्लिज अस्ट्रेलियन

क्यानबेरा स्थित नेपाली दुतावासले भने यात्रु ब्यवस्थापनको जिम्मा महाबाणिज्यदूतको कार्यालय भिक्टोरियाले लिएको जनाएका छ । राजदूत तथा दुतावासका प्रतिनीधि आज मेलबर्न नजाने भएका छन ।

सिट क्षमता भन्दा कम यात्रु

दोस्रो चार्टर्ड विमानमा नेपाल फर्कन ३ सय २५ जनाले दुताबासमा नाम दर्ता गराएपनि दुतावासको सूचीमा दुइ सय १५ जनाले टिकट लिएको बिवरण छ । यद्यपी अन्य नौ दशजना थपिन सकिने दुतासले जनाएको छ । २३ जुनमा सिड्नीवाट भएको पहिलो उडानमा २ सय ५९ जना नेपाली चार्टर्ड विमान मार्फत नेपाल फर्किएका थिए ।

पिसिआर रिपोर्ट बिनै यात्रु मेलबर्नमा

चार्टर्ड बिमानमा नेपाल फर्कनका लागि पिसिआर परीक्षण रिपोर्ट अनिवार्य छ । तर परीक्षण रिपोर्ट नै नआएका यात्रुहरु पनि मेलबर्न पुगेका छन । भिक्टोरिया स्थित नेपाली महाबाणिज्यदूत चन्द्र योञ्जनले भने ‘पिसीआर परिक्षण रिपोर्ट नभएका यात्रुहरुलाई आज नेपाल नेपाल पठाउन सकिदैन । ’
बिमान चढ्नु भन्दा एक हप्ता अघि पिसिआर परीक्षण गर्न नेपाली दुताबास क्यानबेराले पटक –पटक आग्रह गरेको थियो । “पिसीआर रिपोर्ट नै नभएका यात्रुहरु हाम्रो सम्पर्कमा आएका छन । उनीहरुको वारेमा नेपालमा कुरा गर्दा पिसीआर रिपोर्ट नभएकालाई नपठाउनु भन्ने निर्देशन भएको छ ।” महाबाणिज्यदूत योञ्जन भने ।

NRNA Australia Volunteers
गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका पदाधिकारीहरु यात्रुलाई सहयोग गर्दै ।

यात्रुलाई एनआरएन अस्ट्रेलियाको उपहार

गैर आवासीय नेपाली संघ  भिक्टाेरिया राज्य समितिले  बिमानमा फर्कने यात्रुहरुलाई मास्क, सेनिटाईजर र चकलेट सहितको उपहार दिने संघका अध्यक्ष केशव कंडेलले बताए । अन्य राज्यवाट आएको यात्रुहरुलाई खान, बस्न र आवास देखि बिमान स्थल सम्म पुयाउनका लागि स्वंयम सेवकहरु परिचालन गरेको र बिमान स्थल आसपास बस्ने यात्रुहरुलाई शनिबार बिहान खाजाको ब्यवस्थापन गरिएकोे अध्यक्ष कडेलले जानकारी दिए । अन्य राज्यबाट आएका ३५ जना यात्रुहरुलाई आवासका लागि संघले समन्यवन गरेको थियो ।

याे पनि पढ्नुहाेस् ।

नेपाल एअरलाइन्स चार्टर्ड विमान मेलबर्नमा अवतरण (फोटो फिचर)