MENU

महाभुकम्प पछि सगरमाथाको उचाइ कति ?

Photo: Supplied – Facebook

मनऋषि धिताल
सिड्नी / सगरमाथा दिवसको तीन दिन अघि चिनियॉ सर्बेयरहरुले सगरमाथाको सफलतापूर्वक आरोहण गरि पछिल्लो उचाई मापन कार्य सम्पन् गरेका छन्।

नेपालमा सन २०१५ मा महाभुकम्प पछि सगरमाथाको उचाई परिवर्तन भएको हुनसक्ने अनुमान गरिएकाले सोको मापन गर्न चिनियाँ टोली सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा यही २७ मे बुधवार पुगेको हो ।

सगरमाथाको उचाई पुनः मापन गर्न चेन गांङ र वाङ उई नाम गरेका २ जना चिनियाँ सर्भेयरहरुले तिब्बति मोहोडाबाट प्राविधिक सहितको टोली बिश्वको सबै भन्दा अग्लो शिखर चोमोलोङ्माको चुचुरोमा पुगेको चिनियाँ समाचार संस्थाहरूले जनाएका छन्। चीन पट्टिको क्षेत्र हुँदै उनीहरू सगरमाथाको चुचुरोमा पुगेका हुन्। चिनिया भाषामा सगरमाथालाइ चोमोलोङ्मा भनिन्छ ।

चिनियाँहरुले निकै ठुलो टोली बनाएर बेसक्याम्पमा फाइभ जी नेटवर्क राखेर उचाई मापन गरेको सरकारी टेलिभिजनबाटै प्रतक्ष्य प्रशारण पनि गरेका थिए। उक्त टोलीले करिव १:३० घण्टाभन्दा बढि समय टुप्पोमा बसेर थप अनुसन्धान गरेका थिए । सगरमाथाको तीनवटा मोहडा मध्ये दुई मोहडा तिब्बत‚ चीनतर्फ पर्छ। पूर्वमा काङ्गसुङ र उत्तरमा रोङ्बुक। नेपालतर्फ भने दक्षिणी मोहडा पर्दछ ।

Photo: Supplied – Facebook

नेपालको तर्फबाट गत बर्ष सगरमाथाको शिखरमा पुगेर उचाई नापी फर्केका प्रमुख सर्बेयर खिमलाल गौतमले आफ्ना चिनियाँ सर्बेयर साथीहरुलाई सगरमाथाको उचाइ सफलता पुर्बक मापन गरेर फर्केकोमा बधाइ दियेका छन । उनले नेपालीज अस्ट्रेलियन सँग कुरा गर्दै भने  “सगरमाथा शिखरमा सर्भे गरी लगभग डेढ घण्टा भन्दा बढी समय चुचुरोमा विताई सगरमाथामा एतिहासिक विजय प्राप्त गरेका छन्। बधाई छ सम्पूर्ण मेरा चाइनिज सर्भेयर साथीहरुलाई ।” उनले थपे  “संसारका हामी सबैले यो कामको गौरव गर्नुपर्छ । म चिनियाँ सर्बेयर मित्रहरु प्रति गर्व गर्दछु।” उनले दुइ पटक सगरमाथा आरोहण गरेका छन ।

नेपाली टोलीले गरेको उचाई मापन अझै गोप्य

नेपालका तर्फबाट इतिहासमै पहिलो पटक गतबर्ष भएको सगरमाथाको उचाई मापनको प्रतिबेदन सार्बजनिक भएको छैन । नेपाल सरकारका उपसचिव तथा प्रमुख सर्बेयर खिमलाल गौतमको टोली २०१९ साल २२ मे को बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर सफलतापुर्बक उचाई मापन गरेको थियो।

Photo: Supplied – Facebook

उचाईको नतिजा एक वर्ष बितिसक्दा पनि नेपाल सरकारले सार्वजनिक गरेको छैन । चिनियाँ रास्ट्रपति सि जिङ पिङको नेपाल भ्रमणका क्रममा दुबै देश बिच संयुक्त रुपमा सगरमाथाको नयाँ उचाई सार्बजनिक गर्ने सहमति १३ अक्टोबर २०१९ मा भएको थियो । सोहि सहमति अनुसार चिनियाँ र नेपाली सर्बेयरहरुले गरेको बेग्ला बेग्लै मापनबाट आएको नतिजाका अधारमा सगरमाथाको नयाँ उचाई सार्वजनिक हुने सम्भावना रहेको छ ।

नेपालकी भुमि ब्यबस्था तथा गरिबि निबारण मन्त्री पद्मा अर्यालले नेपालको तर्फबाट सबै काम सकिएको तर चिनियाँ तर्फको प्रगति पर्खिरहेको बतएकि छन । चिनियाँ समचार सस्था सिन्ह्वाका अनुसार नेपालकी मन्त्री अर्यालले चीनको प्रतिबेदन प्राप्त हुनासाथ सगरमाथाको उचाई संयुक्त रुपमा सार्बजनिक गर्ने बारे चीन सँग कुरा हुने बताइन ।

मे २९ सगरमाथा दिवस

न्यु जील्यान्डका सर यड्मन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सन १९५३ मे २९ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । सोही सम्झनामा मे २९ को दिनलाइ सगरमाथा दिवसका रुपमा मनाउने चलन छ । गत बर्षहरुमा अस्ट्रेलिया तथा न्युजील्यान्डमा पनि यो दिनमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिन्थ्यो ।

Tenzing Norgay and Sir Edmund Hillary, photographed shortly after their historic ascent of Mount Everest (1953) Photo: Supplied

कोवीड १९ को विश्वव्यापी संकटपछि नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण अभियान रद्द गरेपनी चीनले आफ्ना नागरिकहरूलाई तिब्बतबाट सगरमाथाको आरोहण गर्ने अनुमति दिएको थियो। नेपालतर्फको मोहडाबाट सगरमाथा आरोहण जानेको संख्या अधिक छ जब कि चीनको मोहडाबाट पनि आरोहण हुँदै आएको छ ।