MENU

आदिकवि भानुभक्त आचार्यको सिड्नीमा सम्झना

सिड्नी । आज असार २९ गते नेपाली साहित्यका आदिकविको भानुभक्त आचार्यको जन्म दिन । अस्ट्रेलियामा पनि बिभिन्न कार्यक्रमका साथ मनाइयाे । आदिकबि भानुभक्त आचार्यको सिड्नीमा सम्झना गरिएको छ ।
सिड्नीमा कृयाशील साहित्यप्रेमी रमेश बानियाले दिएको जानकारी अनुसार कोरोना महामारीका बीचमा पनि नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले २०७ औ भानु जयन्ती भब्यताकासाथ मनाएको  छ  ।
संस्थाकी अध्यक्ष सुजाता बस्नेत केसीको अध्यक्षता र एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष्य देव गुरुङको प्रमुख आतिथ्यमा एक कार्यक्रम भएको थियो ।
उक्त संस्थाकी संरक्षक जानकी पौडेल, सल्लाह्कारद्वय् ज्ञान गुरूङ, सुमन सिग्देल लगाएत साहित्यप्रेमीहरु उपस्थित भएको कार्यक्रममा सुजाता बस्नेत केसी, जानकी पौडेल, सिमा रोशी, सन्जिव बस्नेत, राजन सिटौला लागएतले कोरोना सम्बन्धी कविता बाचन गरेका थिए भने रमेश बानियाँ, भुशण रोका, कुमारी गुरूङ, मन्जु गुरूङ, सपना रोका लगाएतले गीतहरु प्रस्तुत गरेका थिए ।
यस सांगीतिक एबम साहित्यिक जमघटमा संस्थाकी महासचिव रिमा केसी लगाएत अन्य पदाधिकारीहरु साथै दर्जनौको संख्यामा साहित्यिक र संगीत प्रेमीहरुको उपस्थिती रहेको थियो । एक  साहित्यप्रेमिको पिडीमा भएको कार्यक्रममा सबैले नेपालका आदिकबि भानुभक्त आचार्यको स्मरण गरेका थिए ।
अस्ट्रेलियाका बिभिन्न सहरमा रहेका नेपालीहरु पुराना नेपाली साहित्यकारहरुको स्मरण गर्ने चलन बसाएका छन् । नेपालका पुराना स्थापित कबि भानुभक्त आचार्यको जन्म २०७ बर्ष अघि आजकै दिन मध्य नेपालको तनहुँ चुदि रम्घामा भएको थियो । उनले बाल्मिकिको रामायणलाइ नेपाली भाषामा अनुबाद गरेर सर्बसुलभ बनाएका थिए भने निकै जिवनोपयोगी कबिता लेखेका थिए ।
भानुभक्तलाइ स्थापित गर्ने काम भने नेपालका अर्का साहित्यकार मोतिराम भट्टले गरेका थिए ।