MENU

आन्तरिक विमानस्थलभित्र सेवा सुविधा थप्ने काम सुरु

काठमाडौं-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलभित्र सेवा सुविधा थप्ने काम सुरु भएको बताएका छन्।

 

शुक्रबार काठमाडौंमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देश भित्र सञ्चालनमा रहेका सबै विमानस्थलमा यसैगरी सेवा थपिँदै जाने बताएका हुन्।

 

 

काठमाडौंलगायत देश भित्रका विमानस्थलहरुमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लक्षित कार्यक्रम पनि लागू हुने बताए। सरकार नागरिकलाई सेवासुविधा दिन सधैं तयार रहेको बताउँदै मन्त्री भट्टराईले आन्तरिकतर्फ विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने स्पष्ट पारे।

 

 

आजबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहिको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ। 

 

 

यसअघि यात्रु ओसार्ने गाडीको पछाडि झुन्ड्याइएको कन्टेनरमा सामान ल्याउने गरिन्थ्यो र वायु सेवाका कर्मचारीले टिकटसँगै सामानमा लगाएको ट्यागको नम्बर सोधेर सामान जिम्मा लगाउँथे। अब यो सबै झन्झट हटेको छ।