MENU

आशा गरौ हामी अभिभावक चाँडै नेपाल फर्कन पाउँछौ

Nepalese Grandparents

नुवादत्त ढुंगाना, क्यानबेरा

आफ्नोमा अपनत्व हुन्छ । ममत्व हुन्छ । अपनत्व र ममत्वको लागि सहभागिता हुन अनिबार्य हुन्छ । म पनि हर्षले गदगद भएको थिए आपतकालमा नेपाली ध्वजा वाहाक विमान चढेर नेपाल फर्कन पाईने भयो भनेर । तर तिन पटक सम्म अस्ट्रेलियाबाट नेपाली ध्वजाबाहक विमान खाली फर्केको घटनाक्रम मनले सोचे जस्तो भएन ।

नेपाली वायु सेवा विमान बिदेशमा बस्ने नेपालीको लागि होईन । बिदेशीको लागि मात्र रहेछ कि भन्ने तर्क बितर्कहरूमा सोचमग्न हुन बिवश भए । मनका सपनाहरूदिवा स्वप्नमा परिणत भए । नेपाल घुम्न गएका अष्ट्रेलिया र न्युजिलेण्डका २७० भन्दा बढी नागरिक बोेकेर पहिलो पटक ब्रिसवेन र दोस्रो पटक सिड्नी आएको नेपाली ध्जजा वाहक विमान नेपाली नागरिकलाई निरास बनाउदै रित्तै फर्क्यो । ती फ्लाईटमा एकजना नेपाली पनि अटेनन् ।

विभिन्न कठिनाईहरूको सामना गर्दै अष्ट्रेलिया बसेर फर्कने दिनको प्रतीक्षा गरिरहेका छन् । लकडाउनको कारणले नेपालमा अड्किएका आउन बाँकी अष्ट्रेलियन, पिआर भएका नेपाली र न्युजिलेण्डका नागरिक लिएर नेपाल वायु सेवाको विमान क्यानबेरा आउदैछ भन्ने खवर १५ दिन अधि प्रकाशित गर्याे क्यानवरा स्थित नेपाली राजदुतावाले । मेरो मोवाईलमा पनि एम्वेसीको सुचना पढ्ने अबसर मिल्यो । विभिन्न शर्तहरू राखेर समस्यामा परेका नेपालीहरूलाई जुन २ भित्र राजदुतावासमा नाम दर्ता गर्न पर्ने सुचना जारी भयो ।

उक्त मितीसम्म नेपाल फर्कन पाँउ भन्दै १३०० नेपालीले एम्वेसीमा नाम दर्ता गराएका थिए । नाम दर्ता गराउनेमा नाति भेट्न आएका ९० बर्षिय बृद्धा देखि औषधि सिद्धिएर बाच्नको लागि भगवानको नाम जप्दै बसेका थुप्रै डायबेटिजका बृद्ध बृद्धाहरू थिए । साथै एक महिनाको लागि घरको काम थाँती राखेर छोटो समयको लागि आफ्ना सन्तान भेट्न आएका धेरै नेपाली नागरिकहरू पनि उक्त जहाजमा नेपाल फर्कनबाट बंचित भए ।

सम्बन्धित निकायबाट आबश्यक ईच्छाशक्ती भएको भए प्राथमिकताको आधारमा २७४ जना नेपाली नागरिक उड्न सक्ने थिए । जहाज उडेपछि संचार मिडियामा पढ्न पाईयो की ११ जना नेपालीलाई लिएर नेपाल फर्केछ नेपाली ध्वजा वाहाक । ११ जना नेपाली लिएर नेपाली ध्वजा बाहाक फर्क्यो भन्ने समाचार अष्ट्रेलियाका पत्रपत्रिकामा भाईरल भयो ।

नेपाली अभिभावकहरू अष्ट्रेलियाको संधिय संसद भवन क्यनबेरा अगाडी Photo: Nepalese Australian

संकटको बेलामा आफ्ना नागरिकको उद्धार गर्न राज्य चुक्यो कि नेपाली नागरिक चुके त्यसको विश्लेषण बिष्लेशकले गर्लान । अस्ट्रेलियामा फसेका नेपालीहरूको अबस्था भने दर्दनाद छ । हिजोसम्म बजारतिर घुम्न निस्कदा नेपाली हुँ भन्ने जुन गौरव र गर्व हुन्थ्यो आज त्यो स्वाभिमान सर्क्लक्कै खस्केको अनुभव भएकोछ ।

काठमाण्डौ स्थित अष्ट्रेलियाको दुतावासले नेपाली ध्वजा बाहाक जहाज आफ्ना नागरिकको उद्धारमा तेस्रो पटक चार्टर गरेर याँहा आउदा पनि हाम्रो दुतावासले हाम्रो जहाज रित्तै पठायो । एउटा नेपालीको पनि उद्धार गर्न सकेन । ११ जना उडेका मध्ये दुईजना बिमारीलाई उद्धार गरेकोमा राजदुतावासलाई धन्यवाद । बाकि ९ जना माथिको आदेशबाट उडेका रहेछन् पत्रिका अनुसार । जय होस् भलो होस् ।

अब फेरी नेपाल फर्कन जुन १७ र २२ को लागि तालिका सार्वजनिक भएको छ । बिगतका घटनाक्रमाले यी दुई मीतिहरुमा पनि म नेपाल जान पाउँछु भन्नेमा म त्यति आशावादी हुन सक्दिन ।

दुतावसले कस्को अति जरुरी अवस्था छ, नेपाल नर्फकी नुहने कारण खुलाएकाहरुलाई पहिलो फ्लाइटमा प्राथमिकतका साथ राख्न पर्छ । प्राथमिकता निर्धारण निस्पक्ष र पारदर्शी तरिकाले गरेको खण्डमा दुतावास विवादमा पर्न बाट जोगिन्छ । आशा गरौ हामी चाँडै नेपाल फर्कन पाउने छौ ।

जय होस् सबैको भलो होस् ।

हाल क्यानबेरा,  अस्ट्रेलिया