MENU

उद्दार तथा चार्टर्ड उडान पुन: सुरु गर्ने नेपाल सरकारको निर्णय

काठमाडौं, नेपाल ।

नेपाल सरकारले, विदेशमा अलपत्र परेका नेपालीका लागि उद्दार उडान फेरी सुरु गर्ने भएको छ ।

बिहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यसअघि सिसिएमसीको निर्णयअनुसार रोकिएको उद्धार तथा चार्टर पुन सुचारु गर्ने निर्णय गरेको हो ।

यसअघि सिसिएमसीले विदेशबाट उद्धार गरी नल्याउने निर्णय गर्दा उद्धारका लागि दुवई पुगेको विमान दुई सयभन्दा बढी नेपालीलाई विमानस्थलमै अलपत्र छाडेर फर्किएपछि स्वदेश तथा विदेशमा सरकारको चर्को आलोचना भएको थियो ।

सरकारले विदेशबाट आउने व्यक्तिले काठमाडौँमा ७ दिन आइसोलेसनका रुपमा होटलमा बस्नुपर्ने र त्यहाँ लाग्ने खर्च स्वयमले व्यहोर्ने गरि उद्दार उडान सुरु गर्ने जनाएको छ ।

सरकारले यसअघि, जेठ अन्तिम सातादेखि साउन मसान्तसम्म चार्टर उडानबाट ५० हजार नेपालीलाई स्वदेश फर्काएको थियो।