MENU

उपचाररत कोरोना संक्रमितको मृत्यु नभएको क्रिमसन अस्पतालको प्रष्टोक्ती

रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु नभएको जनाएको छ।

बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ।

यसअघि प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले, ती बिरामीको मृत्यु भइसकेको बताएका थिए।

लगत्तै विरामीका भाइले, अस्पतालले आफ्ना दाजुको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको तर संचारमाध्यममा कुनै उहाँको मृत्यु भएको खबर आइसकेको भन्दै आफुहरुले प्रष्ट पार्न अस्पताल प्रसाशनलाई अनुरोध गरेको नेप्लिज अष्ट्रेलियन डटकम डट एयुलाई जानकारी दिएका थिए।

उक्त अस्पतालका सञ्चालक दुर्गा पाण्डे र तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेलाई समेत उद्धतगर्दै नेपालबाट प्रकाशित विभिन्न अनलाईन संचारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।

यसअघि, कोट दिएका अधिकारीहरुले, अस्पतालका सञ्चालकले मृत्यु भएको जानकारी दिएको र आफुहरुले संचारमाध्यममा बोलेको बताएका छन् ।

(स्रोतको सूचनामा भरपर्दा, नेपालमा तेस्रो कोरोना संक्रमितको मृत्यु भएको समाचार भएको भन्ने समाचार प्रकाशन भएकोमा सच्याएका छौ । साथै प्रदेश सरकारको जिम्मेवार स्रोतमा भर परेर प्रकाशित समाचारबाट यहाँहरुलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थि छौ । )