MENU

एकै दिन १० जनामा कोरोना संक्रमण, जम्मा संख्या ६९ पुग्यो

बाँकेको नेपालगञ्जमा एकै दिन नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वीरगञ्जमा पनि एक जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगगञ्जमा ९ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए।

वीरगञ्जका एक ३६ वर्षीय पुरुषमा पनि कोेरोना संक्रमण पुष्टि भएको उनले बताए।

देवकोटाका अनुसार नेपालगञ्जमा आज भेटिएका संक्रमितमा ५ जना पुरुष र ४ जना महिला छन्। उनीहरु ७ देखि ५८ वर्षका हुन्।

योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। यिमध्ये १६ जना निको भइसकेका छन्।