MENU

एक्सरे गरेर प्रधानमन्त्री बालुवाटार फर्के, मन्त्रिपरिषद् बैठक शुरु गरे

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।

 

 

यसअघि प्रधानमन्त्रीको धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गर्न बालुवाटारबाट प्रधानमन्त्री निस्किएको बताइएपनि उनी ग्राण्डी नगएर त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा गएका थिए ।

त्यहाँ प्रधानमन्त्रीको एक्सरे गरिएको छ ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले त्रिवि शिक्षण अस्पतालमा एक्सरे गरेर प्रधानमन्त्री बालुवाटार फर्केर मन्त्रिपरिषदको अध्यक्षता गरिरहेको जानकारी दिए ।

 

 

प्रम ओलीको एक्सरे गर्दा फोक्सोमा जमेको पानी सुकेको पाइएपछि उनलाई बालुवाटार नै फर्काइएको बताइएको छ ।

 

 

मनमोहन कार्डियोमा  धानमन्त्रीको मुटुको पनि चेकजाँच गरिएको बताइएको छ ।