MENU

एडिलेडमा मृत्यु भएका युवाको शव नेपाल पठाउन सहयोगको अपील

Nepalese Australian
Amit Ghimire
उनी आबद्द सन्जाल ट्रोल नेपालले प्रकाशित गरेको एक शोक सन्देश । उनी त्यो सन्जालमा ‘सिंगाने’ नामले सकृय थिए ।

एडिलेड । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले एडिलेडमा एक नेपाली युवाको निधन भएकोमा समुदायलाई ठुलो नोक्सानी भएको बताउदै उनको शव नेपाल पठाउन सहयोग गर्न अपील गरेको छ ।

नेपालको ललितपुर निवासी अमित घिमिरे नामका ती युवा आइतवार एडिलेडमा मृत अवस्थामा भेटिएका र परिवारको अनुरोधमा उनको शव नेपाल पठाउन रकम आवश्यक भएकाले फेसबूक मार्फत उठाउन सुरु गरिएको बताइएको छ ।

अस्ट्रेलिया आएको केहि समय उनी  सिड्नी बसे पनि पछिल्ला दुइ बर्ष यता उनी एडिलेडमा बस्दै आएका थिए । उनको निधन पछि सामाजिक सन्जालमा उनका सयौ साथीहरुले उनलाई  श्रदान्जली दिएका छन्। उनका साथीहरुका अनुशार उनी सामाजिक सन्जालमा निकै सकृय थिए ।

उनको शब नेपाल पठाउन कम्तिमा १० हजार देखि १५ हजार अस्ट्रेलियन डलर रकम लाग्न सक्ने भन्दै सुरु भएको रकम सन्कलनको एक घन्टामै झन्डै ६ सय जनाले रकम जम्मा गरेका छन् ।

उनको शब पठाउदा लाग्ने रकम भन्दा बढि उठेमा नेपालमा उनका आफन्तलाइ पठाइने एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नबिन पन्तले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

तपाई पनि यो लंकमा गएर सहयोग रकम जम्मा गर्न सक्नुहुन्छ ।

सामुदायिक जानकारी

कसैलाई यो खबर थाहा पाए पछि समश्या भएको छ र मनोबैज्ञानिका परामर्श वा सहयोग आवश्यक भएमा निम्न नम्बरहरुमा सम्पर्क गर्नुहोस् ।

Beyond Blue – 1300 22 4636

Lifeline Australia – 13 11 14

Men’s Referral Service on 1300 766 491