MENU

एनआरएनए उपाध्यक्ष मन केसीको अगुवाईमा सिड्नीको दक्षिण भागमा राहत बितरण

सिड्नी । कोराना भाइरसका कारण दक्षिण सिड्नीका अति प्रवाभित नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ ।

यही मे १७ आइतवार गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष  मन केसीको अगुवाईमा करिव तिन दर्जन भन्दा बढी नेपाली विद्यार्थीहरुलाई दैनिक उपयोगहुने ग्रोसरी सहितको राहत वितरण गरिएको हो । “यो कठिन घडीमा नेपालबाट भर्खर आएका विद्यार्थीहरु पनि एक्लै हुनुहुन्न, स्थानिय नेपाली समुदाय साथ दिन तयार छ भन्ने संदेश दिन यो राहत वितरण गरिएको हो ।” उपाध्यक्ष केसीले भने, “कोरना भईरसले सबैलाई असर पारेको छ । यो बिपत्तको बेला एक अर्काबीच सहयोगी बनौ ।”

पेन्सहस्ट नेपाली कम्युनिटीको संयोजनमा सड्नीको दक्षिण भागका कोग्रा, काल्टन, अलवा, हर्सभिल, पेन्सहस्ट, रिभरउड र मोर्टडेल सवअर्वहरूमा रहेका नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरिएको हो ।

अध्यक्ष लक्ष्मण श्रेष्ठका अनुसार राहत वितरणका क्रममा विद्यार्थीहरुको घर घरमै पुगेर उनीहरुको पिरमर्का बुझ्न र अन्य समश्याहरु भए सहयोगका लागि अवसर पनि मिलेको थियो । विद्यार्थीहरुले रोजगारी गुमेको, पढाई खर्च जुटाउन कठीन भएको, घर भडा तिर्ने कठीन भएको जस्ता समश्याहरु भटघाटको क्रममा राखेका थिए ।

आउने बुधवार र आइतवार पनि पेन्सहस्ट नेपाली कम्युनिटीका उक्त क्षेत्रमा समश्यामा परेका नेपालीहरुलाई सहयोग गर्दैछ ।

राहत वितरण कार्यमा उत्प्रेरक वक्ता भिमसेन सापकोटा र पत्रकार ऋषि आचार्य र पेन्सहस्ट नेपाली कम्युनिटीका उपाध्यक्ष पुष्प सापकोटाले स्वयम सेवा गरेका थिए ।

अफ्टेरोमा परेका ब्यक्तिहरुलाई सहयोग गर्न चाहनेहरुले निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न सकिन्छ ।

लक्ष्मण श्रेष्ठ ०४३२ ६१४ २८४

ऋषि आचार्य ०४५२ ४५१ ४८२

भिमसेन सापकोटा ०४३४ ५७० ३७९

पुष्प सापकोटा ०४२६ ८११ ६८९