MENU

एनआरएनका पदाधिकारी राजनीतिक, जातीय र धार्मिक संस्थाको सदस्य बने कारवाही हुने

गैरआवासीय नेपाली संघ (एनआरएन)ले समितिमा बसेका पदाधिकारी तथा सदस्यहरु कुनै राजनीतिक दल तथा तिनका भातृ संस्थामा रहेको पाइएमा कारवाही गर्ने जनाएकाे छ।

 

यस्तै धार्मिक संस्थाका सदस्य भएको पाइए पनि उनीहरु माथि कारवाही हुने एनआरएनका महासचिव डा. हेम राज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

 

विज्ञप्तिमा भनिएको छ, ‘अन्तराष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र सदस्यहरु नेपालका विभिन्न राजनीतिक दलका भातृ संगठनकाे कार्यसिमितमा संलग्न भएकाे जानकारी प्राप्त भएकाे छ।

 

 

अतः निजहरुले आफू संलग्न संगठनबाट राजीनामा दिएकाे स्वःघाेषणा गरी यसकाे जानकारी २५ फेब्रुअरी २०२० सम्म संघका महासचिवलाई दिनुहुन अनुराेध छ।’

 

 

याे समय सीमासम्म जवाफ नआए विधानअनुसार पदमुक्त गरी कारवाही हुने विज्ञप्तिमा उल्लेख छ।