MENU

एनआरएनले सिड्नीका अभिभावकहरुलाई बनभोजको आयोजना गर्ने

सिड्नी , गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, न्यु साउथ राज्य समितिको आयोजनमा सिड्नीमा घुम्न आउनु भएका नेपाली अभिाभावकहरुको लागि बनभोज कार्यक्रम गर्ने भएको छ ।

 

यही फेब्रवरी २९ शनिवार सिडनीको बिभिन्न क्षेत्रमा रहेका नेपाली अभिभावकहरुलाई साउथ कोस्टको वोलङ्गनमा रहेको जर्ज हान्ली ड्राइभमा पिकनिकको आयोजना गरिएको छ । । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष एवं न्यु साउथ राज्य समितिका संयोजक देव गुरुङका अनुसार बनभोजमा करिव सात सय नेपालीअभिभका सहभागिता रहने छ ।

 

 

नेपाली अभिाभावकहरुको बनभोज कार्यक्रम संयोजक दिपक पहारीले नेप्लिज अस्ट्रेलिएनलाई दिएको जानकारी अनुसासर अभिभावकहरुलाई बनभोज स्थलसम्म लैजान र ल्याउन कोग्रा, पेन्सहस्ट, अवन, ब्लाकटाउन, मिन्टो, वेस्टमिड, एसफिल्ड, क्याम्सी, हन्स्बी, न्यु क्यासल, आर्टामन, ग्रेनभिल, मेटागन र ओरान पार्क गरी सिड्नीका १४ वटा स्थानहरु तय गरिएको छ । अभिभावकहरुलाई बनभाोज स्थलमा लैजान र ल्याउन कोच बस र साना काहरहरु परिचालन गरिने छ ।

 

बनभोज कार्यक्रम अन्तरगत अभिभावकहरुलाई हेलेन्जबर्गमा रहेको बैकटेश्रवर मन्दिर र नान तेन बुद्ध मन्दिरको अवलोकन, निः शुल्क बनभोज, स्वास्थ्य परिक्षण र सास्कृतिक कार्यत्रम रहेको संजोजक पहारीले जानकरी दिए ।

 

एन आर एन अस्ट्रेलियाले सन् २०१७ देखि अस्ट्रेलियामा नेपाली अभिभावकहरुको बसाइलाई अविस्मरणिय बनाउन र एक आपसमा परिचित गराउ यो कार्यक्रमको आयोजना शुरु गरेको हो ।