MENU

‘एनटी नेप्लिज गट ट्यालेन्ट २०१८’ को उपाधी कृषा पौडेल

डार्बिन । सन् २००५ देखि बेलायतबाट सुरु भएको ‘गट ट्यालेन्ट’ ब्रान्डको टेलिभिजन रियालिटी शो’ले संसारभरका ६० भन्दा धेरै देशहरुबाट धेरै प्रतिभा खोजिसकेको छ ।

अझै पनि धेरै देशहरुमा टेलिभिजन दर्सकमाझ यो ब्रान्डको शो लोकप्रिय छ । यस्तै नामकरण दिएएको ‘एनटी नेप्लिज गट ट्यालेन्ट२०१८’ को फाइनल राउण्ड गैरआवासीय नेपाली संघ नोर्दन टेरिटोरीको आयोजनमा अस्ट्रेलियाको टपइन्ड सहर डार्बिनमा भव्यताका साथ सम्पन्न भएको छ ।

जसमा कृषा पौडेलले आफ्ना पाँच जना फाइनलिस्टलाई पछि पर्दै नृत्य विधाबाट पहिलो भइन् । त्यस्तै गायनबाट दोश्रो सिद्धार्थ गुरुङ भए भने तेस्रो स्थान आशिका उप्रेतीले हात पारिन् ।

प्रथम हुने कृषा पौडेलले तीन रातको बाली होलिडे प्याकेज हात परिन् । दोश्रो हुने गुरुङले डार्बिन अवस्थित पाँचतारे होटल इस्कईसिटीमा डिनरसहितको दुइरातको आवासको प्याकेज प्राप्त गरेकाछन । त्यस्तै, तेस्रो हुने आशिकाले इस्कईसिटी मै डिनरसहितको एक रातको आवासको प्याकेज प्राप्त गरेकी छ्न् ।

करिब ४०० भन्दा बढी दर्शकहरुको उपस्थिति भएको उक्त ‘कार्यक्रमको मुख्य उधेश्य डार्बिनका नेपाली समुदायबीच लुकेको प्रतिभालाई खोज्ने, बाहिर ल्याउने र कलालाई विकास गर्ने’ उद्देश्यका साथ आयोजना गरिएको थियो । गैरआवासीय नेपाली संघ नोर्दन टेरिटोरीका संयोजक तथा एनआरएनए, अस्ट्रेलियाका उपाध्यक्ष हरिराम रिजाल भन्छन् ।

१० देखि ३० वर्ष मुनिका १३ जना प्रतिस्पर्धीबाट सुरु भएको उक्त ट्यालेन्ट शोमा सबै विधालाई खुला गरिएको थियो । श्रद्धा बराल राय, शरद बटाजु, फिरोज राणा, निशा कँडेल र सृजना केसी यस शोका निर्णायक थिए । यसका साथै विजयी चयनमा दर्शकको मतलाई पनि आधार बनाइएको थियो ।

शोलाई वेल्थम्याक्स फाइननसियाल ग्रूपले मुख्य रुपमा प्रयोजन गरेको थियो भने इभेन्ट पार्टनरको रुपमा सिटुएस मिडिया ग्रुपले भूमिका खेलेको थियो ।

एनटी सरकारको पर्यटन तथा संस्कृति मन्त्री माननीय लौरेन मोसको प्रमुख आथित्यमा आयोजित उक्त कार्यक्रममा अन्य दुर्इ सहायक मन्त्रीहरु केट वार्डेन र ङरी अह किट, एनएएनटीका अध्यक्ष सुदीप श्रेष्ठ, एनआरएनए-एनटीका भुतपूर्व संयोजक निरज गुरुङ लगायत धरै ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो  ।

सो ग्रान्डफिनालेको अर्को आकर्षण नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलका तीन लोकप्रिय प्रतिस्पर्धी सागर आले, सुरज थापामगर र केन्जुलमोहर श्रेष्ठको सांगीतिक प्रस्तुति पनि थियो ।

ग्रान्डफिनालेलगायत यस कार्यक्रमका सबै भागहरु जुनकिरी च्यानलमार्फत युटूवमा हेर्न सकिन्छ । कार्यक्रमको अन्तमा गैरआवासीय नेपाली संघ नोर्दन टेरिटोरीका सचिव श्रीकृष्ण ढुंगानाले उपस्थित सबै अथितिहरु, प्रायोजकहरु, कलाकारलगायत सम्पुर्ण दर्सकलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।