MENU

एन आर एन ए न्युजिल्याण्डलाई सरकारको  ५० हजार डलर सहयोग

वेलिंग्टन, गैर आवासीय नेपाली, संघ न्युजिल्याण्ड राज्य समितिले सरकारबाट ५० हजार डलर अनुदान प्राप्त गरेको छ ।

कोरोना भाइरसको प्रकोपलाई विस्तरै जित्दै गएको  न्युजिल्याण्ड सरकारले सामुदायिक पूर्नजागरण (रिजिलिएन्स) कार्यक्रम अनुसार नेपाली समुदायलाई सहयोग स्वरुप यो अनुदान उपलब्ध गराएको हो ।

एन आर एन ए न्युजिल्याण्डका अध्यक्ष लाल केसीका अनुसार कोरोना भाइरसको प्रकोपको कारण रोजगारी गुमाएका र भर्खरै नेपालबाट आएर रोजगारी नै शुरु नगरेका समुदायका सदस्यहरुलाई रोजगारीमुलक तालिम संचालन गर्न यो रकम खर्च गरिने छ ।

“पोष्ट कोभिड १९ मा आवश्यक पर्ने जनशक्तिलाई मध्य नजर गरेर नेपाली समुदयका सदस्यहरुलाई अल्पकालिन सीपमुलक तालिम उपलब्ध गराउँछौ ।” केसीले नेप्लिज अस्ट्रेलियन सँगको कुराकानिमा भने, “तालिम पछि रोजगारी पाउन मद्दत मिल्ने छ । बजारको माग अनुसारको सीपयुक्त जनशक्ति उत्पादन गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो ।”

अत्यावश्यक र जोखिममा परेका समुदायका सदस्यहरुलाई समुदयकै सहभागितामा सहयोग गर्ने नीति अनुसार न्युजिल्याण्डका अन्य बहुसास्कृतिक समुदायले पनि सरकारको सहयोग पाएका छन् ।

तालिममा भागलिन चाहनेले यही जुन ९ भित्र आसय पत्र सहित आवेदन फारम भर्नु पर्ने छ। फारमको साथमा आफ्नो रिजमी र फोटो सहितको परिचय पत्र पनि पठाउनु पर्नेछ ।