MENU

एन आर सि अध्यक्षमा सुवर्ण शर्मा निर्वाचित

Nepalese Australian

Nepalese Recreational Club new team

सिड्नी । खेलकुद मार्फत परिवारका सदस्यहरुबीच सुमधुर सम्बन्ध बनाउने उद्देश्यले स्थापना भएको नेप्लिज रिक्रियसनल क्लवको बार्षिक साधारण सभा यही अगष्ट २२ शनिबार सम्पन्न भएको छ ।

साधारण सभाले सुवर्ण शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्लवको नव निर्वाचित अन्य पदाधिकारीहरुमा लक्ष्मि श्रेष्ठ र संजय श्रेष्ठ उपाध्यक्ष, अन्जना सिंह श्रेष्ठ महासचिव, प्रमिला थापा सचिव, दिलिप भारती कोषाध्यक्ष र अजय क्षेत्री जन सम्पर्क अधिकृत रहेका छन् ।

यस्तै क्लवले विभिन्न खेलकुदहरुको संयोजक र उपसंयोजकहरु पनि तोकेको छ । जस अनुसार ब्यटमेनटन खेल संयोजक नबिन प्रधान, सह संयोजक लिजन मास्के, टेबल टेनिस खेल संयोजक पवन सोती र सह संयोजक संचिता दाहाल, यस्तै गल्फ खेल संयोजक सुदिप बास्तोला र सह संयोजक प्रनब मैनाली, टेनिस खेल संयोजकमा बाबु बगाले र सह संयोजकमा सन्तोश भट्टराई रहेका छन्

यस्तै सुचना प्रविधि संयोजक नविन रायमाझी, र सस्कृतिक संयोजकमा दिपेन्द्र बानिया रहेका छन् । संस्थाको कार्यसमिति सदस्यहरुमा होम पाण्डे, ज्ञानदत्त पोखरेल, ज्योती राजभण्डारी, सुनीता गिरी, कुलदिप प्रधान र बाबुराम पोखरेल रहेका छन् ।

जविन श्रेष्ठ, भवानी ओली, रमेश पाण्डे, देव गुरुङ र श्री नापित सहितको निर्वाचन मण्डलले नव निर्वाचित कार्यसमितिको घोषणा गरेको थियो ।

कार्यसमितिमा केही खाली रहेका पदहरु र सल्लाहकारहरुको समिति चाँडै चयन गर्ने नव निर्वाचित अध्यक्ष सुवार्ण शार्माले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

प्रबिधिको प्रयोग गरेर अनलाईन मार्फत भएको बार्षिक साधारण सभामा निवर्तमान अध्यक्ष बिष्णु हमालले संस्थाको उद्देश्य पुरा गर्दै यसको गरिमा उच्च बनाउन सफलता मिलोस भनेर नयाँ कार्यसमितिका पदधिकारीहरुलाई शुभकामान दिएका थिए ।

क्लवले हरेक वर्ष पारिवरिक खेलकुद प्रतियोगिताहरु गर्दै आएको छ भने इन्टर स्टेट प्रतियोगिताहरुमा पनि सहभागिता जनाउँदै अएको छ ।