MENU

एन एस डब्लु, भिक्टोरिया र एसिटीमा चार वर्ष यताकै चिसो; हिमपातका कारण सडक अबरुद्ध

Nepalese Australian
Photo: NSW Roads

सिड्नी  । चिसो मौसमसँगै हिउँ परेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स, मध्य पश्चिमी र दक्षिणी हाइल्याण्डस (पर्वत क्षेत्र) मा सडक अवरुद्ध भएका छन् ।

राज्यको ग्रेट वेस्टर्न हाइवेको बार्थस्ट र मारान्गारु क्षेत्रको बाटो केही समयका लागि बन्द भएको थियो भने ओवेरन काउन्सीलको बाटो अझै बन्द रहेको बताइएको छ । जेनोलान केभ्स सडकको ह्याम्पटन र हार्टली खण्ड पनि बन्द रहेको छ ।

न्यू साउथ वेल्सको मौसम पूर्वानुमान शाखाले २२ अगष्ट शनिबार पर्वतिय क्षेत्र, क्यानवेरा र ओरेन्जका लागि यो यस वर्षकै सर्वाधिक चिसो दिन हुने आंकलन गरेको छ ।

सिड्नीको नजिक रहेको ब्लुमाउन्टे, कुटुम्बा आसपासमा हिउँ परेकोले विहानै देखि हउिमा खेल्नेहरुको भिड लागेको छ । पेरिसर र थ्रेडवोमा एक मिटर भन्दा बढी हिउँ परेपछि स्नोस्किइङ गर्नेहरु भने खुसी भएका छन् ।

ब्लु माउन्टेन क्षेत्रको ब्लाकहिथमा शनिवार हिउँ खेल्दै नेपाली परिवार Photo: Menaka Shah

रातभरमा पेरिसरमा ६६ सेन्टिमिटरसम्म हिउँ परेको र रिसोर्टमा शनिबारको अवस्था थप चुनौतीपूर्ण हुने आशा गरिएको छ ।
पेरिसरको तापक्रम शुन्य डिग्री रहने तथा माइनस १४ डिग्रीसम्म पुग्ने हुँदा चालकहरुलाई बाटोमा हिउको अवस्थालाई ध्यान दिन चेतावनी दिइएको छ ।

चिसो मौसमका कारण भिक्टोरिया पनि प्रभावित भएको छ र रातभरमा बालाराटको तापक्रम २ डिग्री तथा मेलवर्न विमानस्थलको तापक्रम ३.८ डिग्रीमा झरेको बताइएको छ ।

राज्यको अल्पाइन क्षेत्रमा अत्यधिक चिसो जारी रह्यो भने माउन्ट बुलरको तापक्रम साढे २ बजे दिउसो माइनस ३.९ डिग्रीमा झरेको थियो । ७ सय मिटरमाथि हिउको रुपमा वर्षा भइरहेको छ । मेलवर्नमा शनिबार ४ देखि १४ मिलिटिरसम्म वर्षा हुने अनुमान गरिएको छ ।

न्यू साउथ वेल्सको मौसम पूर्वानुमान शाखाका अगाटा इमेलस्काका अनुसार क्यानबेरामा आजको मौसम बिगत पाँच वर्ष यताको अत्यधिक चिसो हुने आशंका गरिएको छ । इमेलस्काले बताइन कि राजधानीको तापक्रम ७ डिग्री पुगेपनि शुन्य डिग्री जस्तै भान हुनेछ ।

याे पनि पढ्नुहाेस् ।

https://nepaleseaustralian.com.au/archives/4510