MENU

एमसीसी सम्झौता अध्ययन गर्न नेकपाले बनायो कार्यदल

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसी सम्झौता अध्ययन गर्न कार्यदल गठन गरेको छ।

 

आइतबार बसेको नेकपाको सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ।

 

 

कार्यदलमा एमसीसीको विरोध गर्दै आएका नेता भीम रावल पनि सदस्य छन्। अर्का सदस्य भने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली छन्। ज्ञवाली एमसीसीको पक्षमा छन्।

 

अध्ययन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।