MENU

काठमाडौं उपत्यकामा एक साताको निषेधाज्ञा जारी

काठमाडौं, नेपाल ।

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीको बैठकले, सात दिनसम्म लागू हुने गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

संक्रामक रोग ऐन २०२० को दफा २ एवम् न्याय प्रशासन ऐन २०२८ को दफा ६ (३)बमोजिम भदौ ३ गते राति १२ देखि १० गते रातिसम्म निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशासनले जनाएको छ।

निषेधाज्ञामा औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ ।

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका बस्तुका साथै अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक काठमाडौंमा सवारीसाधन चल्न पाउने छैनन् ।