MENU

अस्ट्रेलियाकाे आर्थिक तथा वित्तिय विवरण सार्वजनिक; तीन दशक पछि ठूलो आर्थिक गिरावट

अस्ट्रेलियाका अर्थ शस्त्रीहरुको विश्लेषन अनुसार अरु उन्नत मुलुकहरुको दाजोमा अष्ट्रेलियाको आर्थिक स्थिती बलियो रहेको छ । यस्को मुख्य कारण भनेको अष्ट्रेलियामा समयमै माहामारीलाई नियन्त्रन गर्नु, माहामारीबाट मर्नेको संख्या निम्न रहनु, समयमै अर्थिक उद्धारका कार्यक्रमहरु ल्याउनु रहेको छ ।

Australian Treasurer Josh Frydenberg. Source: AAP

डा कृष्ण हमाल

क्यानबेरा । यही विहीवार २३ जुलाईमा अस्ट्रेलियामा बजेट आउनुपने थियो तर कोरोना भाईरसको माहामारीले गर्दा अस्ट्रेलियन सरकारले अक्टोबरमा मात्र बजेट ल्याउने भएको छ ।

अस्ट्रेलियाका ट्रेजरर जोश फ्राइडेन्बर्गले बजेटको सट्टा हालको आर्थिक तथा वित्तीय स्थितीबारे बिवरण पेस गरेका छन् ।
उनका अनुसार कोरोना भाईरस संकटका कारण दोस्रो विश्वयुद्धपछिको यो सबैभन्दा ठूलो गिरावट भएको ट्रेजरर फ्राइडेनवर्गले बताए ।

कोरोना भाइरसका कारण कर असुलीमा भारी गिरावट आएको छ भने सरकारले तिनुपर्ने दायित्वमा उल्लेख्य वृद्धि भएको उनले थपे । तर भिक्टोरियामा देखिएको संक्रमणले आर्थिक अवस्था अनिश्चित हुन सक्ने समेत बताइएको छ ।

उनका अनुसार विश्वको अर्थतन्त्रलाई चलायमान राख्न अस्ट्रेलियाले ११ ट्रिलियन डलर सहयोग गरेको जुन अन्य देशको तुलनामा अहिलेको संकटमा अस्ट्रेलियाले गरेको यो न्यायपूर्ण सहयोग हो । “यी संख्याहरुले हामीले सामना गरिरहेको तितो यथार्थलाई प्रस्तुत गर्छ,” फ्राइडेनवर्गले आर्थिक तथा वित्तिय विवरण सार्वजनिक गर्ने क्रममा भने ।

सो बिवरणमा निम्म लिखित कुराहरु बिशेष रुपमा उल्लेख गरिएको छ ।

१. गत आर्थिक बर्ष २०१९ २०२० मा ५ विलियन डलर बचत हुने पूर्वानुमान रहेकोमा बजेट ८६ विलियन डलरले घाटामा गएको छ । यसको मुख्य कारण कोभिड माहामारीबाट हुने आर्थिक नोक्सानीलाई कम गर्नको लागी सरकारद्वारा बिभिन्न प्रकारका आर्थिक उद्धारका कार्यक्रमहरु ल्याउनु हो भन्ने रहेको छ ।

२. आगामी आर्थिक बर्ष २०२० २०२१ मा यो बजेट घाटा बढेर १८४ बिलियन डलर हुन जाने अनुमान गरिएको छ ।

३. बेरोजगारी बढेर यो बर्षको अन्त सम्मा मा ९ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

४. गत आर्थिक बर्ष २०१९ २०२० मा अस्ट्रेलियाको कुल (ग्रोस्स्) ऋण ६८४ बिलियन डलर रहेको छ भने यो बढेर आर्थिक बर्ष २०२० २०२१ मा ८५२ विलियन डलर हुन जाने अनुमान गरिएको छ । यसको अर्थ अष्ट्रेलियाले आफ्नो हालको ऋण क्षमता ८५० विलियन डलर पार गर्नेछ ।

अस्ट्रेलियाका अर्थ शस्त्रीहरुको विश्लेषन अनुसार अरु उन्नत मुलुकहरुको दाजोमा अष्ट्रेलियाको आर्थिक स्थिती बलियो रहेको छ । यस्को मुख्य कारण भनेको अष्ट्रेलियामा समयमै माहामारीलाई नियन्त्रन गर्नु, माहामारीबाट मर्नेको संख्या निम्न रहनु, समयमै अर्थिक उद्धारका कार्यक्रमहरु ल्याउनु रहेको छ ।

तर कुनै कारणबस अष्ट्रेलियामा माहामारीको स्थिती बिकराल हुन गएमा र यस्को साथसाथै अष्ट्रेलियाको मुख्य व्यापार पार्ट्नर देशहरुमा पनि माहामारी रोकियन भने अष्ट्रेलियाले ठूलो अर्थिक नोक्सनी बेहोर्नु पर्ने हुन्छ । अस्ट्रेलियाको उधोग धन्दा तथा ब्यवसायहरुलाई ठुलो क्षती पुग्ने छ जसले गर्दा देशमा बेरोजगारी अझ बढेर जाने छ । आगामी दिनहरुमा खर्च गर्दा बिशेष ध्यान दिनु पर्ने बिज्ञहरुको सुझाव रहेको छ ।

डा हमाल अर्थविद्ध हुन् । उनीसँग अस्ट्रेलियाको विभिन्न वित्तिय निकायहरुमा काम गरेको अनुभव रहेको छ ।