MENU

कोभिड -१९ बिरुद्धको खोप रुसमा सफल

Photo source : © Igor Onuchin/TASS

अस्ट्रेलिया ।  रसियामा कोरोना भाइरस विरुद्धको खोप परीक्षण सफल भएको छ । रुसको मस्कोस्थित सेचेनोभ विश्वविद्यालयमा स्वयमसेवक माथि खोपको क्लिनिकल परीक्षण सफल भएको  हाे । खोप उपचारका लागि प्रभावकारी रहेको अनुसन्धानकर्ताले जनाएका छन ।

विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता इलेन स्मोलियाचुकले रुसको समाचार संस्था टासलाई दिएको जानकारी अनुसार कोरोना भाइरसविरुद्ध सो भ्याक्सिन प्रभावकारी रहेको जनाए ।
“अनुसन्धानको टुंगो लागेको छ र खाेपकाे प्रयोगका लागि सुरक्षित रहेको छ ।

स्वयमसेवीहरु जुलाई १५ तारिखमा डिसचार्ज हुनेछन्,” सेन्टर फर क्लिनिकल रिसर्चका प्रमुख समेत रहेका स्मोलियाचुकले बताइन । तर डिसचार्जपछि पनि स्वयमसेवकहरु चिकित्सकको निगरानीमा रहने छन् ।

कोभिड बिरुद्धको खोपकोे पहिलो चरणको परीक्षण १८ जना स्वयमसेवीमा जुन १८ मा सुरु गरिएको थियो भने दोस्रो चरणका अनुसन्धानमा २० जना स्वयमसेवीहरुलाई जुन २३ तारिखमा खोप दिइएको थियो ।