MENU

कोरोनाका कारण विदेशमा अलपत्र परेका बेखर्चिलाई सरकारी खर्चमै नेपाल फर्काइने

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चमै स्वदेश फर्किन पाउने भएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका अर्थ र सूचना प्रविधि तथा संचारमन्त्री डा. युवराज खतिडाले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा र आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई सरकारी खर्चमै स्वदेश फर्काउने निर्णय भएको जानकारी दिनुभयो ।

कोभिड १९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषदबाट पारितगर्दै वैदेशिक रोजगारीमा गई अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा फर्किन पाउने व्यवस्था गरिएको हो ।

उनीहरुलाई स्वदेश फिर्ता ल्याउन रोजगारी प्रवर्द्धन कोषमा जम्मा भएको रकम खर्च गरिने निर्देशिकामा व्यवस्था छ ।

तर नेपाल फर्किने सबैलाई पुर्ण रुपमा सरकारी खर्चमा नेपाल ल्याउने व्यवस्था भने निर्देशिकामा उल्लेख छैन्।

निर्देशिकाले वैदेशिक रोजगारीमा गएको एक बर्षको करार पुरा नगरेको र रोजगारी गुमाएकालाई शत प्रतिशत हवाई भाडा तथा क्वारेन्टिनसम्मको खर्च सरकारले व्यहोर्ने छ भने एकबर्ष भन्दा बढी र दुईवर्षभन्दा कम समय भएकाहरुले ७५ प्रतिशतमात्रै सरकारी खर्च पाउने छन् ।

त्यस्तै आममाफिमा परेकाहरुको पनि शत प्रतिशत खर्च सरकारले व्यहोर्ने बताइएको छ ।