MENU

कोरोनाको स्रोतबारे अध्ययन गर्न डब्लूएचओको टोली चिन जाने

कोरोना भाइरस ‘कोभिड १९’ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली चीन जाने भएको छ।

चीनको विदेशमन्त्रालयले चीनमा कोरोनाबारे अनुसन्धानका लागि डब्लूएचओको टोली आउने जानकारी दिएको हो।

चीनले डब्लूएचओलाई कोरोनोको उत्पत्तिबारे अनुसन्धान गर्न अनुमति दिएको र चिनियाँ वैज्ञानिकले पनि डब्लूएचओलाई अनुसन्धानमा सहयोग पु¥याउने विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले जानकारी दिए ।

कोरोनाको उत्पत्तिबारे चीनले स्वतन्त्र अनुसन्धान गर्न दिनुपर्ने माग गर्दै आएको अमेरिकाले डब्लुएचओ समेत चीनको कठपुतली बनेको आरोप लगाउँदै आएको छ ।

अमेरिकीलाई चिनीयाँ भिषा नदिइने

चिनले तिब्बतको विषयमा हस्तक्षेपकारी भूमिका खेलेका अमेरिकी अधिकारीलाई भिषा नदिने भएको छ ।

नियमीत पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले, अमेरिकाले चालेको गलत कदमको प्रतिक्रिया स्वरुप तिब्बतको विषयमा असामान्य व्यवहार गर्ने अमेरिकी अधिकारीलाई चीनको भिषा नदिने निर्णय भएको जानकारी दिए ।

हालै मात्र हङकङमा नयाँ सुरक्षा कानुन लागू भएपछि हङकङको स्वतन्त्रता खोसेको आरोप लगाउँदै अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरुलाई अमेरिको भिषा नदिने घोषणा गरेको थियो।

त्यस अलवा हालै अमेरिकाले विवादित जल क्षेत्र दक्षिण चीन सागरमा सैन्य अभ्यास गरेको छ।