MENU

कोरोनापछि अलपत्र नेपाली स्वदेश फर्काउने उडान तालिका सार्वजनिक

काठमाडौं, नेपाल ।

नेपाल सरकारले, विदेशमा रहेका नेपाली स्वदेश ल्याउन जहाज र भाडासहित समय तालिका सार्वजनिक गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले, कोरोना महामारीका कारण विभिन्न देशबाट फर्किने नेपालीका लागि जहाज र भाडा सहितको तालिका सार्वजनिक गरेको हो ।

नेपाली वायुसेवा कम्पनीलाई प्राथमिकतामा राखेको मन्त्रालयले नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

तत्काललका लागि २४ वटासम्म विदेशी उडान गर्न दिने निणर्य भएको बताइएको छ ।

स्वदेश फर्किन नाम लेखाएका तथा कारोना नभएको प्रमाण पेस गरेका नेपालीलाई स्वदेश ल्याइने छ ।

सरकारले यसअघि नै समस्यामा परेका र नेपाल आउन चाहाने नेपालीलाई आफु रहेको मुलुकस्थित नेपाली दुताबास तथा कन्सुलर अफिसमा नाम लेखाउन आग्रह गरेको थियो ।

सोही आधारमा सरकारले विभिन्न ३० मुलुकबाट २४ हजार १ सय ४८ नेपाली स्वदेश फर्किन चाहेको परराष्ट्रले सुची सार्वजनिक गरेको थियो ।

सार्वजनिक तालिका अनुसार नेपाल वायुसेवा निगमको जहाजको पहिलो उडान यही जेठ ३२ हुने बंगलादेशका लागि हुनेछ।

त्यस्तै असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गर्ने छ।

असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडान र असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान गरेर नेपाली ल्याइनेछ।

यसैगरी, असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक उडान र असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान हुनेछ।

असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ।

असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछन्।

असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर त्यहाँबाट नेपाली ल्याइनेछ।

असार ९ गते जापान, माल्दिभ्स, यूएई र युगान्डाबाट दुई–दुई उडान हुनेछन्।

असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ। त्यसैगरी असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछन्।

चार्टड उडानका लागि दूरीअनुसार डलरमा भाडा निर्धारण गरिएको छ।

विदेशी एयरलान्सले पनि उक्त भाडादर अनुसारै नेपालीको उद्धार गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा कम भाडा बंगलादेशका लागि १ सय ६५ डलर तोकिएको छ भने सबैभन्दा बढी लन्डनका लागि १ हजार ३ सय ४० डलर तय गरिएको छ।

त्यस्तै साउदी अरब ५९०, रियाद ६३०, जेद्हा ७७०, जोर्डन ८१५, साइप्रस ८७५, नारिता ९३५, सुडान ९४०, फ्रयाङकफर्ट १२५५, लन्डनका लागि १३४० डलर तोकिएको छ ।

नयाँ दिल्ली २०५, मुम्बइ ३१०, बैंगलोर ३३५, बैंकक ३९०, कम्बोडिया ४००, दुबई ५००, आवुदाबी ५००, ओमन ५१०, क्वाललम्पुर ५२०,दोहा ५४५, हङकङ ५५० डलर तोकिएको छ।