MENU

कोरोनाबाट नेपालमा थप चारको मृत्यु मृतकको संख्या ५६ पुग्यो

काठमाडौं, नेपाल ।

नेपालमा वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाको ज्यान गएको छ ।

स्वास्थ्य  मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमीत पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले ज्यान गुमाउने सबै वीरगञ्जका रहेको जानकारी दिए ।

उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।